ट्राफिक प्रहरी बाँकेद्वारा समता स्कुलमा सचेतना कक्षा

सदरलाइन संवाददाता १५ मंसिर २०८०, शुक्रबार १२:३०
 

नेपालगञ्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले समता स्कुलमा ट्राफिक शिक्षा दिएको छ । बाँकेको कोहलपुरमा सञ्चालित समता स्कुलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी सायक निरीक्षक दमन विक्रम सेनको नेतृत्वले ट्राफिक शिक्षा दिइएको हो ।

पछिल्लो समय दुर्घटना परेर बाँकेमा मृत्यु हुनेको संख्या बढेसँगै जिल्ला ट्राफिक प्रहरीले विभिन्न विद्यालयमा ट्राफिक नियमका बारे सचेतना गर्दै आइरहेको छ ।

गत आर्थिक वर्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सात समय ७३ वटा सचेतना कक्षा सञ्चालन गरेको थियो भने कक्षामा करिब ३४ हजार सवारीचालक यात्र र विद्याथी उक्त सचेतनामा सहभागिता जनाएका थिए ।


२०७३ सालदेखि कोहलपुरमा सञ्चालनमा रहेको समता स्कुललले सबै कक्षामा एउटै तथा न्यूनतम शुल्कमा अध्यापन गराउँदै आइरहेको छ । हाल समता स्कुल नेपालका सबै जिल्ला तथा भारत श्रीलङ्का बंलादेशलगायत देशहरुमा समेत सञ्चालनमा रहेको छ ।

हाल कोहलपुरमा समता स्कुल प्रावि तहसम्म सञ्चालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा काँग्रेसको संयुक्त पार्टी कार्यालय उदघाटन

१५ मंसिर २०८०, शुक्रबार १२:३०
नेपालगञ्ज : नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले संगठन विस्तारमा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ मा काँग्रेस क्षेत्र नं. १ प्रदेशसभा ‘क’ को कार्यालय, गाउँपालिका कार्यालय र वडा कार्यालयको संयुक्तरुपमा उदघाटन गर्दै पार्टी सभापति गौडेलले जिल्ला नेतृत्व पार्टीलाई गतिशील, चलायमान र धारिलो […]