नरैनापुर गाँउपालिकाका अध्यक्ष शाहको दाजुको निधन

सदरलाइन संवाददाता ८ मंसिर २०८०, शुक्रबार १२:४६
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई शोक परेको छ । अध्यक्ष शाहका दाजु शैयद मुस्ताक अहमद शाहको ७८ वर्षको उमेरमा बिहीवार राती ११ बजे भारतको मेक्स अस्पतालमा निधन भएको हो ।

दाजुको निधनपछि अध्यक्ष शाहले बुबा सरहको दाजु गुमाए पछि आफू पूर्ण रूपमा टुहुरो भए पनि कर्तव्यबाट टुहुरो बन्न नमिल्ने बताए । उनले आफ्नो बाँकी जीवन जनताको सेवामा लगाउने बताए ।


शैयद मुस्ताक अहमद शाहको शनिवार विहान १० बजे नरैनापुर वडा नं. २ मा इस्लामिक संस्कार अनुसार अन्त्येष्टि हुने वडा नं. २ का अध्यक्ष मूसूद अहमद शाहले जानकारी दिए ।

यसैबीच नरैनापुर गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले अध्यक्ष शाहलाई परेको शोकप्रति समवेदना प्रकट गरेका छन् । शुक्रवार गाँउकार्यपालिकाको आपतकालीन बैठक बासी शोक प्रस्ताव पारीत गर्दै प्रमुख प्रशासकिय अध्यक्ष खरालले अध्यक्ष शाह प्रति समवेदना प्रकट गर्दै अध्यक्ष शाहका दाजुलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया डिष्ट्रिलरीलाई ‘उत्कृष्ट करदाता सम्मान’

८ मंसिर २०८०, शुक्रबार १२:४६
बर्दिया : बर्दिया डिष्ट्रिलरी प्रालिलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा कार्यालयको कार्यसेवा अन्तर्रगत उद्योग क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरे वापत सम्मान गरिएको हो । १२ औं राष्ट्रिय कर दिवसको अवसरमा गुलरियामा आयोजित कार्यक्रममा बिहीबार डिष्ट्रिलरीका प्रबन्ध निर्देशक नरबहादुर ओलीलाई सम्मान–पत्र, टिका र मालासहित […]