कोहलपुरमा संस्थागत विद्यालयहरुले बुझाए ध्यानाकर्षण पत्र

सदरलाइन संवाददाता २४ श्रावण २०८०, बुधबार १६:४०
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका संस्थागत बिद्यालयहरुले आफना छाता संगठनमार्फत कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

बिद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न तयार गरिएको बिद्यालय शिक्षा सम्बन्धि संशोधन र एकिकरण गर्न बनेको बिधेयक २०८० सरोकारवालाहरुको सुझावलाई समेत बेवास्ता गर्दै तयार पारिएको, कतिपय प्रावधानहरु निजि बिद्यालयहरुलाई पुर्वाग्रही भएर हेरिएको मात्र नभई संबिधान विपरीत अब्यवहारिक र अन्यायपुर्ण रहेको भन्दै उनीहरुले नगर उपप्रमुख संगिता सुबेदी समक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

निजि तथा सार्वजनिक गुठिबाट सञ्चालित बिद्यालयहरु नै समस्याग्रस्त रहेको सन्दर्भमा शैक्षिक गुठि दर्ता तथा सञ्चालन सम्बन्धमा अस्पष्टता कायम रहेको र अबको ५ बर्षभित्र निजि लगानिका बिद्यालयहरुले आफनो सम्पुर्ण दायित्व फरफारक गरि शैक्षिक गुठिमा रुपान्तरण गर्नुपर्ने जस्ता बाध्यकारी प्राबधान समावेश गरिनु संबिधानको भावना विपरीत,अब्यवहारीक, अदुरदर्शि र दुराशय युक्त रहेको भन्दै निजि बिद्यालयहरुका तर्फबाट प्याब्सन पालिका समितिका अध्यक्ष गोविन्द सुबेदी र नेशनल पालिका समितिका अध्यक्ष बिष्णु प्रसाद केसिद्वारा संयुक्त रुपमा हस्ताक्षरित ध्यानाकर्षण पत्र उप प्रमुख सुबेदीलाई बुझाईएको हो ।


उक्त ध्यानाकर्षण पत्रमा यस्ता बिधेयक पास भएको खण्डमा निजि स्तरबाट सञ्चालित बिद्यालयहरुको बृद्धि, विकास, सुरक्षा तथा संरक्षण र प्रर्बद्धन गर्न अशंभव हुने र बिद्यालय नै बन्द गर्नुपर्ने अबस्था सिर्जना हुने भन्दै उक्त बिधेयकबारे ठोस निकास प्राप्त नभएको खण्डमा आफना माग जुरा नभए सम्म केन्द्रिय स्तरबाट गरिने आन्दोलनका स्वरुप अन्तरगत सम्पुर्ण बिद्यालयहरु कम्पनी, निजि गुठि तथा सार्वजनिक गुठि बन्द गर्ने निर्देशन प्राप्त हुनासाथ कोहलपुर नगरपालिका भित्र सञ्चालित बिद्यालयहरु कम्पनी,निजि गुठि तथा सार्वजनिक गुठि समेत बन्द गर्ने चेतावनि दिईएको छ ।

ध्यानाकर्षण पत्र बुझदै नगर उप प्रमुख संगिता सुबेदीले आफुहरुले कोहलपुरलाई शैक्षिक हव बनाउन चाहेको बेला यस्तो कुरा आउनु दुःखद रहेको भन्दै पालिकाबाट हुन सक्ने सहयोग आफुले गर्ने प्रतिबद्धता ब्यक्त गरिन । ध्यानाकर्षण बुझाउन बिभिन्न बिद्यालयका संस्थापक, अब्यक्ष प्रिन्सिपल तथा बिभिन्न निजि बिद्यालयका संगठनका पदाधिकारीहरुको उल्लेख्य उपस्तिथी रहेको थियो ।

बुधवारनै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बाँके, जिल्ला प्रशासन कार्यालय बाँकेमा समेत ज्ञापन पत्र बुझाएको बाँके जिल्ला प्याब्सनका अध्यक्ष यम रावतले जनाएका छन । यसैगरि बिहीवारदेखि केन्द्रिय समितीले तोके बमोजिम २६ गते सरोकारवालाहरुसंग अन्तरक्रिया गर्ने २७ गते आ–आफनो संगठनको समिक्षा गर्दै २८ गतेदेखि अनिश्चितकालिन बिद्यालय बन्द गर्नेसम्मका कार्यक्रम तय भएको रावतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोपिएका विरुवाको पुरावलोकन गर्दै कोहलपुर नगर प्रहरी

२४ श्रावण २०८०, बुधबार १६:४०
नेपालगञ्ज : कोहलपुरलाई हरित नगरको रुपमा विकसित गर्ने अभियानअन्तर्गत कोहलपुर नगरपालिकाका बिभिन्न स्थानमा रोपिएका विरुवाहरुको अवलोकन, अनुसन्धानमा कोहलपुर नगर प्रहरी लागि परेको छ । यसअघि रोपिएका विरुवाको अबस्था र उक्त स्थानमा के गर्ने भन्ने विकल्प बुझदै गएको नगर प्रहरीको टोलीले रोपिएका विरुवाहरुको पुनरावलोकन गर्न कोहलपुर १० को हाईस्कुल चोकदेखि पश्चिमतर्फ […]