कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका नगर शिक्षा शाखा अनिश्चितकालिन तालाबन्दी भएको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) ले आफ्ना मागहरु पुरा नभएको भन्दै कोहलपुर नगरपालिका नगर शिक्षा शाखा अनिश्चितकालिन तालाबन्दी गरेको हो । ८ बुँदामा रहेका मागहरुलाई सम्बोधन नभएसम्मका लागि आफुले लगाएको तालाबन्दी तोडफोड भए वा अन्य कुनै गतिविधि भएमा त्यसको क्षति स्वयम नगर शिक्षा शाखाले व्यहोर्ने अनेरास्ववियू(क्रान्तिकारी)का बाँके संयोजक विश्वजितले बताए ।
‘महिनौं पुगिसक्दा समेत स्थानिय सरकार र त्यसको शिक्षा शाखाले उक्त मागहरु प्रति सामान्य छलफल र बहसद्धारा हल नै नगरी वेवस्था गर्नुले शैक्षिक व्यापारी प्रति स्थानीय सरकारको लचकता, निरिहता र शिक्षाप्रतिको गैरजिम्मेवारपुर्ण रबैया प्रकट गरेको छ,’ ‘यसप्रति हाम्रो संगठनलाई थप गम्भीर एवम् आक्रोशित बनाउदैं दोस्रो चरणको संघर्षको कार्यक्रम अन्तर्गत स्थानिय सरकारको शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी गरेका हौं,’ उनले भने ।
यस्तै शिक्षा शाखाका प्रमुख रामबहादुर हमालले नगर शिक्षा शाखा अन्तर्गत नभएको र नगरपालिका र राष्ट्रिय स्तरबाट सम्बोधन हुने खाल्का मागहरु भएकोले यहाँबाट समन्वय मात्र गरिरहेका बताए ।