नरैनापुरमा शिक्षकहरुद्वारा विद्यालयमा तालाबन्दी

सदरलाइन संवाददाता ३२ जेष्ठ २०८०, बिहीबार १५:४१
 

नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिका भित्र अनुदानमा काम गर्दै आएका शिक्षकले तलब नपाएपछि बिहीवारदेखि विद्यालयमा तालाबन्दी गरेका छन् ।

उनीहरुले गाउँपालिका आफुहरुको माँग प्रति गम्भीर नभएको बताउँदै बाध्य भएर विद्यालय बन्द गराउनु परेको गुनासो सुनाए । हामी विद्यालय बन्द गर्न चाहन्नौं, पटक पटक तलबका लागि आग्रह गर्दासमेत सुनुवाई नभएपछि आन्दोलनको कार्यक्रम कडा पार्नु पर्यो, आन्दोलनमा सहभागी शिक्षक राधेश्याम यादवले भने, माघ महिना देखि शिक्षक र विद्यालय कर्मचारीले तलब पाएका छैनन् ।


गाउँपालिका भित्र कार्यरत एकसय बढि शिक्षकले गत माघ महिना देखि हाल सम्म तलब नपाएको गुनासो सहित बुधवार २४ घण्टा भित्र तलब उपलब्ध गराउन अल्टीमेटम दिएका थिए । सोही अनुसार उनीहरुले बिहीवार विहान विद्यालय बन्द गरेका हुन् ।

हामी शिक्षकहरुको माँग प्रति गम्भीर छौं, उहाँहरुको तलबका लागि अहिले हामी छलफलमैं छौं, नरैनापुर शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुले भने, सकभर आजै शिक्षकहरुको समस्या समाधान हुन्छ, भोलीबाट पठन पाठन निरन्तर हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश अस्पताललाई हेलिप्याड सहित ५ सय शैय्याको बनाईंदै

३२ जेष्ठ २०८०, बिहीबार १५:४१
सुर्खेत : कर्णाली प्रदेश अस्पताललाई हाल ३ सय बेडसहितको सुविधा रहेकोमा अब भवनमा ५ सय शैय्या पुर्याइने भएको हो । साथै हेलिप्याड पनि बनाउने गरी निर्माण सम्झौता गरिएको छ । प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डा. डम्बर खड्का र गौराश्याम सुन्दर जेभी काठमाडौँबीच अस्पतालको तला थपका लागि सम्झौता गरिएको हो । […]