बालविवाह बिरुद्ध गेरुवामा सञ्चालित कार्यक्रमको संयुक्त अनुगमन

सदरलाइन संवाददाता ३० जेष्ठ २०८०, मंगलवार १९:५१
 

बर्दिया : बर्दियाको गेरुवा गाउपालिकाको नेतृत्वमा बिषयगत शाखा प्रमुख एवम सस्थाका पदाधिकारी बालविवाह बिरुद्धको कार्यक्रमको संयुक्त अनुगमन निरिक्षण गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल तथा भेरी बातावरणीय बिशिष्टता समुह बि गु्रपको साझेदारिमा संचालित बालविवाह न्युनिकरण परियोजना अन्तरगत गेरुवा गाउँपालिकाको समन्वयमा परियोजना मार्फत संचालन भएका सरस्वती आधारभुत विद्यालय गेरुवा–४ जोगिगाँउ र सरस्वती आधारभुत विद्यालय गेरुवा–३ बनकट्टीमा गाउँपालिकाका जनप्रतिनिधि तथा बिषयगत शाखाका शाखा प्रमुख र सस्थाका कार्यसमिति पदाधिकारी, कर्मचारिहरुवाट संयुक्तरुपमा अनुगमन गरिएको हो ।

परियोजना मार्फत विद्यालयमा भएका कृयाकलाप र यसबाट प्राप्त अपेक्षित उपलब्धीका बिषयमा छलफल गरिएको थियो । अनुगमनका क्रममा विद्यालयका प्राधानाध्यापक नारायण पौडेलले प्लान इन्टरनेशनल नेपाल तथा बिग्रुपको साझेदारिमा विद्यालय तहमा विद्यालयको आचारसंहीता र बाल संरक्षण नीति निर्माण गरी यसका बारेमा अधिकांश शिक्षक बिद्यार्थीहरु व्यवस्थापन समिति र शिक्षक अभिभावक संघं सदस्यहरुलाई जानकरी गराइ प्रभावकारी रुपमा कार्यान्वयन गरिएको जानकारी दिए ।

उनले विद्यालयमा बालबालिकाहरुको समस्या सुन्नका लागि फोकल शिक्षकको व्यवस्था गरी विद्यालयमा गुनासो पेटिकाको ब्यवस्था गरि प्राप्त हुने गुनासोहरुलाई सुनुवाई समिति मार्फत गुनासो अभिलेखिकरण गरि सुनवाइको ब्यबस्था गर्ने प्रयास गरेको बताए ।


बालिकाहरुको महिनावारी भएको बेला बिवद्यलयमा अनुपस्थित हुने दरलाई घटाउनका लागि विद्यालयममा आराम गर्ने कोठा तथा स्यानीटरी प्याड विद्यालयले उपलब्ध तथा ब्यबस्थापन गरेको र अझ यसलाइ ब्यबस्थीत गर्नका लागि विद्यालयले आबश्यक पुर्वाधार तथा सामाग्रीको उपलब्धताको लागि पैरवी गरेको उनको दाबी थियो ।

अनुगमनका क्रममा गेरुवा गाउँपालिकाले बाल विवाह न्युनिरणका लागि गरेका प्रयास तथा आगामी दिनमा बाल विवाहा निरुसाहित तथा यसको कार्यान्वनका लागि पालिकास्तरमा योजना निर्माण गरि बजेटमा ल्याउन लागेको बाल विवाहको मुद्दालाई सहकार्यगरि जान तयार रहेको र बिग्रुपले गरेको कार्यक्रम बिपन्न समुदाय तथा आबश्यकताको आधारमा काम गरीरहेको गेरुवा गाउपालिका अध्यक्ष जमानसिंह के.सीले बताए ।

शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज अधिकारीले सस्थाले बिगत १८ महिनादेखि बालिकाहरुको गुणस्तरीय शिक्षा र विद्यालयमा नियमित उपस्थिति र टिकाइराख्नका लागि सस्थाले गरेका कार्यक्रमहरुमा प्रत्यक्ष सहभागीता हुने र सहजिकरण गर्ने काम गरिरहेको र परियोजना संचालन भएका विद्यालयको आचारसंहिता निर्माण, गुनासो सुनवाई संयन्त्र, विद्यालयको बृहत्तर सुरक्षा योजना बारे एकरुपता ल्याउनका लागि कार्ययोजना निर्माण गरि काम गरिरहेको बताए ।

सस्थाले निर्माण गरिरहेको वालमैत्री तथा लैगिक अपागंता मैत्री निर्माणधिन शौचालय र परियोजनाबाट सहयोग भएको ब्यबसाय संचालन गरेकी प्रतिमा चौधरीको खाजाघर अनुगमन निरिक्षण गरिएको थियो ।

अनुगमनमा गाउँपालिका अध्यक्ष जमानसिंह केसी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी प्रमुख प्रशासकिय अधिकृत बसबहादुर राना, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज अधिकारी, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद भण्डारी सस्थाको तर्फदेखि अध्यक्ष टेकबहादुर पुन ,कार्यकारी निर्देशक डम्मर सुनार कार्यक्रम प्रबन्धक श्री बिर्खराज उपाध्याय प्राबिधिक संयोजक लक्ष्मीप्रसाद शर्मा, स्वरोजगार संयोजक कुलराज दहितको सहभागीता रहेको थियो .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यार्थीहरूलाई यातायातमा छुटको माग गर्दै ज्ञापनपत्र

३० जेष्ठ २०८०, मंगलवार १९:५१
बर्दिया : अनेरास्ववियु बर्दियाले यातायातमा ४५ प्रतिशत रकम छुटको लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । यातायातमा विद्यार्थीहरूले पाउने ४५ प्रतिशत रकम छुट कार्यान्वयन र निजी स्कुलहरूले सिट क्षमताभन्दा बढी विद्यार्थीहरू राखेको भन्दै यस्ता समस्याहरू ७ दिन भित्र समाधान गर्नुपर्ने माग राख्दै अनेरास्ववियु बर्दिया जिल्ला कमिटीद्वारा जिल्ला प्रशासन […]

सम्बन्धित