लुकेको पाठ्यक्रम सम्बधि प्रशिक्षण कार्यक्रम सम्पन्न

सदरलाइन संवाददाता २२ बैशाख २०८०, शुक्रबार १२:४८
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर १० मा रहेको तक्षशिला एकेडेमीले शुक्रबार एक दिवसिय लुकेको पाठ्यक्रम सम्बधि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यालयमा कार्यरत शिक्षक शिक्षिका, प्रशासनिक कर्मचारी, चालक सहचालक लगायत ५० बढिको सहभागिता रहेको रहेको थियो । प्रशिक्षण कार्यक्रमको सहजिकरण बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरका उपप्राध्यापक टेकेन्द्र महतराले गरेका थिए ।


बिद्यालयमा शैक्षिक गुणस्तरका निम्ति नियमित पाठ्यक्रमका अलावा अतिरिक्त क्रियाकलाप समेत गर्दै आएको तक्षशिला एकेडेमीले शैक्षिक सुधार, बाल बालिकाहरुको मनोभावना तथा रचनात्मक शिक्षामा समेत पहुच पुग्ने गरि कार्यक्रमहरु सञ्चालन गर्दै आएको बिद्यालयका अध्यक्ष विष्णु वेल्वासेले बताए ।

विद्यालयमा पश्चिम क्षेत्रमा नै स्विमिङ पुल, मनोपरामर्श सहितको बाल बालिकाले शिक्षा पाईरहेको विद्यालयका सञ्चालक खोपिराम वलिको कथन रहेको छ ।एक दिवसिय कार्यक्रमबाट विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुमा आफनो दायित्व तथा कर्तब्य बोध हुनुका साथै बिद्यार्थीहरुका भबिष्यका बारेमा गम्भिर भएर काम गर्न प्रेरणा मिल्ने सहजकर्ता उप प्राध्यापक महतराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्युत आपूर्ती नियमित बनाइराख्न आवश्यक तयारी शुरु

२२ बैशाख २०८०, शुक्रबार १२:४८
नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरणले नेपालगञ्जमा विद्युत आपूर्ती नियमित बनाइराख्न आवश्यक तयारी गरेको छ । गर्मीको समयमा नेपालगञ्ज र आसपासका क्षेत्रमा विद्युत आउनेजाने भइरहने र न्यून भोल्टेजका कारण पङ्खासमेत चल्न मुश्किल हुने समस्या छ । सो समस्या यस वर्ष आउन नदिन पूर्व तयारी गरिएको नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका […]