लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो सिनेट बैठक सम्पन्न

सदरलाइन संवाददाता २२ चैत्र २०७९, बुधबार १८:४९
 

नेपालगञ्ज : लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो सिनेट बैठक नेपालगञ्जमा विभिन्न प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको छ ।

विश्वविद्यालयका कुलपति तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको विश्वविद्यालय सिनेट बैठकले प्रदेश सेवा आयोगको सदस्यमा प्रा.डा कृष्णप्रसाद घिमिरेको नियुक्ती गर्ने, पाठ्यक्रम निर्माण तथा विकास सम्बन्धी निर्देशिका २०७९, बजेट संशोधन गर्ने, सूचना प्रविधि तथा ईञ्जिनियरिङ्ग अध्ययन संस्थान सञ्चालनको लागि कक्षा कोठा र प्रयोगशाला निर्माणको लागि बजेट माग गर्ने लगायतको प्रस्ताव पारित गरेको छ ।


यसैगरी सोही बैठकले जनक शिक्षा सामाग्रीको भवन मर्मत गरी सञ्चालनको प्रकृया थालनी गर्ने, डिनबाट शैक्षिक कार्यक्रमको प्रस्तुती लगायतका प्रस्ताव रहेको विश्व विद्यालयका रेक्टार रेगबहादुर भण्डारीले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारको ड्रिम प्रोजेक्टको रुपमा रहेको यस विश्वविद्यालयको शैक्षिक र प्रशाशनिक भवन निर्माणको लागि बाँकेको खजुरा गउपालिकाको वडानं ७ र ८ मा रहेको जमिनको प्रदेशका मुख्यमन्त्री गिरिको अगुवाईमा बुधबार बिहान स्थलगत अवलोकन गरिएको छ ।

अवलोकनका क्रममा मुख्यमन्त्री गिरिले यसै शैक्षिक सत्रदेखि विश्वविद्यालय सञ्चालनको लागि तयारी अघि बढाउन निर्देशन समेत दिएको रेक्टार भण्डारीले जानकारी दिए । उनले शैक्षिक सत्र २०८०–०८१ बाटै सूचना प्रविधि तथा ईञ्जिनियरिङ्ग अध्ययन संकाय सञ्चालन ल्याउने तयारी अघि बढाईएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवा संघको महाधिवेशन ऐतिहासिक हुनेछ : इन्चार्ज सुमन पुरी

२२ चैत्र २०७९, बुधबार १८:४९
नेपालगञ्ज : राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज पुरीले नेपालगन्जमा हुन गईरहेको राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक रुपमा भव्य बनाईने बताएका छन् । लुम्बिनी प्रदेशमा भईरहेको राष्ट्रिय महाधिवेशनलाई भव्य रुपमा सफल पार्न प्रदेशबाट प्रतिनिधित्व गर्ने युवा संघका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरु अहोरात्र खटिनु भएको उनले जानकारी दिए […]