प्लान नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लवद्वारा बर्दियामा सञ्चालन गरेका विभिन्न परियोजनाको संयुक्त अनुगमन

रुद्र सुवेदी १९ चैत्र २०७९, आईतवार १९:४२
 

गुलरिया (बर्दिया) :  प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा बर्दियाका विभिन्न पालिकामा सञ्चालन गरेका परियोजनाहरुको एक उच्चस्तरिय प्रतिनिधि मण्डलले संयुक्त अनुगमन गरेको छ ।

प्लान इन्टरनेशनल नेपाल तथा स्ट्याण्डर्ड चाटर्ड नेपालको उच्चस्तरिय प्रतिनिधि मण्डलको संयुक्त टोलीले बाँके युनेस्को क्लवले प्लान नेपालको साझेदारीमा बर्दियाको गुलरिया र ठाकुरद्वारा नगरपालिकामा सञ्चालन गरेको युवा महिलाको आर्थिक सशक्तिकरण तथा रोजगार परियोजनाको अनुगमन गरेको हो ।

प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतका क्षेत्रीय प्रमुख मिना पराजुली तथा स्टयाण्डर्ड चार्टर्डका कर्पोरेट अफयेर ब्रण्ड एण्ड मार्केटिंग प्रमुख प्रनु सिंहको नेतृत्वमा रहेको अनुगमन टोलीले गुलरिया नगरपालिका–९ रामपुरका सिलाई कटाई तालिम पुरा गरी उद्यमका लागि सामाग्री लिएर उद्यम गरिरहेका किशोरी महिलाहरुको अवस्था बुझ्नुका साथै गुलरियामा डेन्टल लैब असिस्टेन्ट, सुरक्षा गार्ड, पशुपालन र व्युटिपार्लर तालिम लिएकासंग अनुभव र आगामी योजनाका बारेमा छलफल गरेको थियो ।

सोही प्रकारले सो टोलीले ठाकुरबाबा नगरपालिकाका सेल्सपर्सन तालिम लिएका किशोरीहरुसंग छलफल गरेको थियो । त्यसका साथै नगरपालिकाका पदाधिकारीहरु, प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल, महिला विकास अधिकारी गगनसरा आचार्य, रोजगार संयोजक रविन्द्र अर्याल, आर्थिक विकास अधिकृत चन्द्र साउदसंग टोलीले छलफल गरेको थियो ।

सोही उच्च्स्तरीय अनुगमन टोलीले ठाकुरबाबा नगरपालिकामा खाना पकाउने तालिम लिएर ओजीटी गरिरहेका किशोरी महिलाहरुसंग पनि छलफल गरेको थियो भने सुरक्षा गार्डको तालिम लिएर ओजिटी गरि रहेकासंग पनि विभिन्न विषयमा छलफल गरेको क्लवका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले जानकारी दिए ।

छलफल र भेटघाटका क्रममा तालिममा सहभागी भएका युवा महिलाले तालिममा सहभागी भएपछि आफुुहरुमा आत्मबल र आत्मविश्वास बढेको जनाउँदै प्राप्त गरेको सिपबाट रोजगारीको अवसर सृजना हुने विश्वास व्यक्त गर्नुको साथै आफुहरुको उपलब्धिको मुल्याङ्कन गरी सोही विषयको लेभल–२ को तालिम आवश्यक हुने बताएका थिए ।


सो अनुगमन टोलीमा प्लान नेपालका क्षेत्रीय प्रबन्धक पराजुली, प्राविधिक सल्लाहकार प्रतिमा कुँवर, ग्रान्ट कोअर्डिनेटर निशा अधिकारी र कार्यक्रम संयोजक गोमा ओली चौधरी तथा स्टयाण्डर्ड चार्टर्डका कर्पोरेट अफयेर ब्रण्ड एण्ड मार्केटिंग प्रमुख सिंह, स्टयाण्डर्ड चार्टर्डका नेपालगञ्ज शाखा प्रमुख सुजन प्रजापति, स्टयाण्डर्ड चार्टर्डका कर्पोरेट अफयेर मेनेजर नितिका घिमिरे, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक सिद्दिकी, अध्यक्ष रवि तुलाधार, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, कार्यक्रम संयोजक गोविन्द लामिछाने र फिल्ड सुपर भाइजरहरु गोबिन्दी विक र कन्चन दहितको सहभागिता रहेको थियो ।

जोखिममा रहेका युवा महिलाहरुलाई जीवनयपयोगी सिप प्रदान गरेर स्वरोजगार बनाई आर्थिक रुपले सम्पन्न बनाउने उदेश्यले सञ्चालन गरिएको सो परियोजना अन्तर्गत बर्दियाका १ सय २० जना युवा महिलालाई विभिन्न शिपमूलक तालिम प्रदान गरेर स्वरोजगार बनाईएको क्लबले जनाएको छ ।

सीपमूलक तालिम लिने किशोरी महिलाहरुमा १७ जनाले सिलाई कटाई, १९ जनाले कम्प्युटर, ८ जनाले ब्युटिपार्लर, १९ जनाले सुरक्षा गार्ड, १६ जनाले सेल्स पर्सन, १० जनाले कुक, ९ जनाले पशुपालन, ७ जनाले डेन्टल, १० जनाले मान्टेशरी र ५ जनाले सवारी चालक तालिम लिएका छन् ।

   

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

Joint monitoring of various projects conducted by Banke UNESCO Club in Bardia in partnership with Plan Nepal

१९ चैत्र २०७९, आईतवार १९:४२
Gularia (Bardia): A high-level delegation has jointly monitored the projects conducted by Banke UNESCO Club in various municipalities of Bardia in partnership with Plan International Nepal. The joint team of the high-level delegation of Plan International Nepal and Standard Chartered Nepal monitored the economic empowerment and employment project of young […]