नेपालगञ्जमा उत्साहजनक देखिएन हात्तीपाइलेविरुद्धको औषधि सेवन

सदरलाइन संवाददाता १३ फाल्गुन २०७९, शनिबार १४:०७
 

नेपालगञ्ज : स्वास्थ्यकर्मीले जोडबल गरिरहे पनि नेपालगञ्जमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान उत्साहजनक देखिएको छैन । स्थानीयले औषधी सेवनमा रुचि नदेखाएपछि स्वास्थ्यकर्मीको जोडबलले खासै काम गरेको तथ्यांकले देखाएको छैन ।

दिनभरि दौडधुप गर्दा कतिपय वडामा सय आसपासमा मात्रै औषधि खुवाउन सकिएको छ। नेपालगञ्जको वडा नं. ३ मा पहिलो दिन एक सय १६ र दोस्रो दिन एक सय ३४ जनाले औषधि सेवन गरेका छन् ।

अभियानको सुरुवात नै यही वडाबाट भएको थियो भने प्रदेश सांसददेखि जिल्ला समन्वय समितिका संयोजक, मेयर, सीडीओले यही वडाबाट औषधि खाएका थिए । जिल्लाका विशिष्ट व्यक्तित्वहरुले आएर औषधि खाएको वडाको कभरेज दयनीय देखिएको छ ।


वडा नं. १६ को अवस्था उस्तै छ । यो वडामा पहिलो दिन एक सय ३३ र दोस्रो दिन एक सय ५५ जनाले औषधि खाएका छन् । वडा नं. ७ मा पहिलो दिन एक सय ३५ र दोस्रो दिन दुई सय ५६, वडा नं. १९ मा पहिलो दिन एक सय ४२ र दोस्रो दिन दुई सय ४१, वडा नं. ५ मा पहिलो दिन तीन सय ६४ र दोस्रो दिन ७९ जना, वडा नं. ११ मा पहिलो दिन २ सय ८५ र दोस्रो दिन एक सय १८ जनाले औषधि खाएका छन् ।

पहिलो दिन सबैभन्दा धेरै वडा नं. १८ मा एक हजार एक सय ८९ जना र वडा नं. १० मा एक हजार ८९ जनाले औषधि खाएका छन् । यही वडामा दोस्रो दिनमा आइपुग्दा खानेको संख्या घटेको छ । वडा नं. १८ मा दोस्रो दिन ५ सय ७३ र वडा नं. १० मा दोस्रो दिन ७ सय ५२ जनाले औषधि खाएका छन् ।

बाँकेमा फागुन ११ गतेदेखि १३ औँ चरणको आम औषधि सेवन अभियान शुरु भएको छ । फागुन मसान्तसम्म नै औषधि खुवाउने रणनीति रहेको छ । शुरुवाती दुई दिनको कभरेज कमजोर भए पनि सुध्रिदै जाने स्वास्थ्यकर्मीले आशा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आदर्शले माविले मनायो २०औं बार्षिकोत्सव

१३ फाल्गुन २०७९, शनिबार १४:०७
नेपालगञ्ज : आदर्श मावि नेपालगञ्जले शनिवार आफ्नो २०औं बार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । विद्यालय प्रांगणमा शनिवार एक कार्यक्रमको आयोजना गरेर बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जय थापाको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । त्यसक्रममा […]

सम्बन्धित