प्रथम संघारी भेट्रान कप फुटबल प्रतियोगिता नेपालगञ्जमा शुरु

सदरलाइन संवाददाता २४ माघ २०७९, मंगलवार १४:१६
 

नेपालगञ्ज : नेपालगञ्जमा प्रथम संघारी भेट्रान कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

नेपालगञ्ज रंगशालामा सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा एक्स आर्मीले एफसी संघारी ए टीमलाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

एक्स आर्मीका लागि लक्ष्मण घर्तीले ह्याट्रिक गरेका थिए । एक्स आर्मीबाट यामबहादुर श्रेष्ठ र नरेन्द्रबहादुर थापाले २–२ र प्रकाश विसीले १ गोल गरे ।


खेलको म्यान अफ द म्याच एक्स आर्मीका नरबहादुर थापा भए । उनलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष तरुण बज्राचार्यले पुरस्कृत गरे ।

भेट्रान कपमा जिल्लाका आठवटा क्लबले भाग लिएका छन् । प्रतियोगिताको विजेतालाई २५ हजार र उपविजेतालाई १५ हजार पुरस्कार राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा आगलागीबाट १४ वर्षीया बालिकाको मृत्यु

२४ माघ २०७९, मंगलवार १४:१६
जुम्ला : जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिकाको एक घरमा आगलागी हुदा १४ वर्षिया बालिकाको मृत्यु भएको छ । लोकबहादुर भण्डारीको घरमा सोमवार राती साढे १० बजे आगलागी हुदाँ उनकी छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ भने घरमुली लोकबहादुर घाइते भएका छन् । आगलागी भएको घरमा भण्डारीका सासु श्रीमती […]