बागेश्वरी मन्दिरमा हरेक महिना दुई पटक महाआरती हुने

सदरलाइन संवाददाता १६ माघ २०७९, सोमबार १४:३४
 

नेपालगञ्ज : नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा आइतबार गरिएको महाआरतीले निरन्तरता पाउने भएको छ । शक्तिपीठका लागि निकै महत्वपूर्ण मानिने महाआरती पहिलो पटक बागेश्वरीमा आयोजना गरिएको हो ।

बागेश्वरी मन्दिर व्यवस्थापन गुठीले आयोजना गरेको महाआरतीका लागि नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।


‘यसलाई मासिक दुई पटक निरन्तरता दिइने छ’, नगर प्रमुख प्रशान्त विष्टले सहयोगको निरन्तरता प्रतिबद्धता व्यक्त गर्दै भने, ‘सहयोग र समन्वय जुट्दै गयो भने दैनिक हुनसकोस् भन्ने चाहना छ ।’

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा पहिलोपटक ‘महाआरती’ गरिएको छ । शक्तिपीठका लागि निकै महत्वपूर्ण मानिने ‘महाआरती’को सुरुवात गर्न पाउँदा हामी गौरवान्वित, हर्षविभोर र धन्य भएको मेयर बिष्टले बताए । उनका अनुसार तत्काललाई महिनाको दुई पटक शुक्लपक्ष र कृष्णपक्षको अष्टमी तिथीमा ‘महाआरती’ हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनतालाई शुद्ध खानेपानीको आवश्यकता छ : मन्त्री खान

१६ माघ २०७९, सोमबार १४:३४
नेपालगञ्ज : संघीय सरकारका खानेपानी मन्त्री अब्दुल खानले बाँके र बर्दियामा रहेका खानेपानी तथा उपभोक्ता समितिबाट बितरण भइरहेको खानेपानीको अनुगमन तथा निरीक्षण गरेका छन् । सोमबार बाँकेको बैजनाथ गाउपालिकाको वडा नं. ७ मा रहेको पेडारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै खानले पहिलो प्राथामिकता भनेको जनतालाई शुद्ध […]