वागेश्वरी बहुमुखी क्याम्पसको वक्तृत्वकला सम्पन्न

सदरलाइन संवाददाता २० मंसिर २०७९, मंगलवार १५:१९
 

कोहलपुर (बाँके) : मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक हिंसाको अवस्था र समाधानका उपायहरु’ विषयक वक्तृत्वकला कार्यक्रम सफलताका साथ सम्पन्न भएको हो ।

कार्यक्रम बोल्दै क्याम्पस प्रमुख दान बहादुर हमालले यश खालका कार्यक्रमबाट विद्यार्थीको चौतर्फी विकास हुने तर्क दिए ।

उनले भए लैङगिक हिंसा पुरुष तथा महिला दुवै भएको र यसले समाज निकै समस्य ल्याएको औल्याए ।

उनले आजको समाजमा विभिन्न किसिमको बहानामा लैङगिक हिंसाहुने, घरेलु हिंसा हुने, सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका क्षेत्रमा विभिन्न बहनामा हिंसा भएकोले यसलाई सबै सरोकारवालाहरुबाट अन्त्य गरिनु पर्ने कुरामा जोड दिए ।


उनले विश्वविद्यालय निर्णय बमोजिम यो कार्यक्रमको आयोजना गरिए स्पष्ट पारे । आजको विश्व परिवेशमा यसको अन्त्य हुनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत १९ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा अस्मिता वलि, देवि काफ्ले, शान्ती सुनार र दुर्गा बुढाले क्रमश प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भयका थिए । उनिहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा पुर्व क्याम्पस प्रमुख खगराज पन्त, रमेश चन्द्र अधिकारी निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्मा विभागी प्रमुखहरु पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्मा, स्वास्थ विभागका विभागीय प्रमुख ज्ञानेन्द्र शाही, नेपाली विभागका खोपिराम वलि, अभ्यास शिक्षण विभागका प्रमोद सुवेदी, प्राध्यापकहरु पुस्क्नाथ रिजाल, जेन्ट्ल गौतम प्राध्यापक संघका सभापति राज कुमार चन्द र प्रशासकिय अधिकृत वेदराज लम्साल लगायत विद्यार्थी संघ संगठनका नेताहरूको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भिनाजुले हानेको हँसियाले सालोको मृत्यु

२० मंसिर २०७९, मंगलवार १५:१९
नेपालगञ्ज : भिनाजुको आक्रमणबाट सालोको मृत्यु भएको छ । भिनाजुले सालोलाई हानेको हँसियाले लाग्दा कैलाली जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । ५० वर्षीय गौरीलाल ढुङ्गानाले मंगलवार राती ९ बजे भण्डारीलाई हँसिया प्रहार गरेका थिए । हँसिया […]