सुदूरपश्चिमका विद्यार्थीले अझै पाएनन् किताब

सदरलाइन संवाददाता १४ मंसिर २०७९, बुधबार १३:५७
 

धनगढी : शैक्षिक सत्र सुरु भएको ८ महिना हुँदैछ । पहिलो त्रैमासिक परीक्षा सकिएको छ । तर, सुदूरपश्चिममा पाठ्यपुस्तकको अझै अभाव छ । शैक्षिक सत्र सकिनै लाग्दा पनि प्रदेशको अस्थायी मुकाम धनगढीसहित प्रदेशमा पाठ्यपुस्तकको अभाव रहेको हो ।

कैलालीको कैलारी गाउँपालिकाको जनता माविका शिक्षक डिल्ली मिश्रले विद्यालयका विद्यार्थीका लागि किताब अभाव रहेको बताए । उनले व्यापारीहरुले किताब नदिएको गुनासो गरेका छन् । उनले भने, ‘व्यापारीहरुलाई किताब किन नल्याएको भन्दा उहाँहरुले जनक शिक्षा सामाग्रीलाई देखाउनुहुन्छ । हामी कता जाने हो ? किताबको जिम्मा कसले लिने हो ? विद्यार्थी फेल भए के गर्ने होला ?’

गत जेठ ३ गतेदेखि नयाँ शैक्षिकसत्र सुरू भएको थियो। तर सुदूरपश्चिममा कक्षा ६ देखि ९ तथा कक्षा ११ र १२ का किताब सबै विद्यार्थीका लागि पुगेका छैनन् । किताब नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित बन्न पुगेको शिक्षकको गुनासो छ । विष्टले भने, ‘कक्षा ६ देखि ९ का विद्यार्थीले किताब पाएका छैनन् । ११ र १२ का विद्यार्थीसँग पनि किताब छैनन् । उनीहरु फेल भए भने जिम्मा सरकारले लिने हो। बोर्डिङ स्कुलका किताब आउने । सरकारी स्कुलका किताब मात्र किन नआएका होलान् ?’

सामुदायिक विद्यालयको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा जनक शिक्षा सामग्री केन्द्रको हो । सुदूरपश्चिमका सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पठाइएको केन्द्रको दाबी छ । यो वर्ष २२ लाख बढी पुस्तक वितरण गर्नुपर्ने जिम्मेवारी जनक शिक्षा सामग्रीसँग छ । धनगढीसहित प्रदेशका विभिन्न सामाुदायिक विद्यालयका विद्यार्थीले किताब पाएका छैनन् ।


यता प्रदेशका लागि आवश्यक किताब पठाएको जनक शिक्षा सामाग्रीका प्रवक्ता चित्र कुमार आर्चायले बताए । उनले प्रदेशका लागि आवश्यक किताब पठाएको थप माग भएमा पुनः पठाउने बताएका छन् । ‘नयाँ माग भएको विषयमा जानकारी छैन । हामीले प्रदेशले मागेको किताब पठाएका हो । थप माग भएपनि पठाउँछौ । तर अहिले किताब छपानको काम रोकिएको छ ।’

प्रदेशभित्र सामाुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि किताब छपान र ढुवानीको जिम्मा जनक शिक्षाको हो । तर जनक शिक्षाले कागजको अभाव देखाएर झण्डै एक महिनादेखि छपानको काम बन्द गरेको छ । सुदूरपश्चिम प्रदेशको राजधानीकै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

प्रदेशको अस्थायी मुकाम धनगढीका अधिकांश विद्यालयमा अध्ययनरत विद्यार्थीले आवश्यक पाठ्यपुस्तक नपाएका हुन् । शैक्षिक सत्र सुरु भएको ८ महिना वित्नै लाग्दा समेत विद्यार्थीलाई किताब पाउन समस्या भइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारले धान खरिद नगर्दा सस्तोमा बिक्री गर्दै बाँकेका किसान

१४ मंसिर २०७९, बुधबार १३:५७
नेपालगञ्ज : बाँकेका किसानले उत्पादन गरेको धान बर्षेनी सरकारले तोकेको मुल्यमा खरिद गर्दै आएपनि नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस पटक हालसम्म धान खरिद नगर्दा किसानहरु समस्यामा परेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अहिलेसम्म पनि धान खरिद प्रक्रिया शुरु नगरेकाले किसानले सस्तोमा व्यापारीलाई धान बिक्री […]