दियालाई पराजित गर्दै बाँकेकी सुष्मा फाइनलमा प्रवेश

सदरलाइन संवाददाता ३ आश्विन २०७९, सोमबार १३:५१
 

नेपालगञ्ज : व्याटमिन्टन प्रतियोगितामा पाल्पाकी दिया शाक्यलाई पराजित गर्दै बाँकेका सुष्मा श्रेष्ठ फाइनलमा प्रवेश गरेकी छन् । सोमवार भैरहवामा भएको प्रदेशस्तरीय खेल व्याटमिन्टन प्रतियोगितामा पाल्पाकी शाक्यलाई सोझो सेटमा पराजित गर्दै बाँकेकी श्रेष्ठ फाइनलमा प्रवेश गरेकी हुन् ।

आईतवारदेखि जारी सिंगल व्याटमिन्टन प्रतियोगितामा शाक्यलाइ सोझो सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको बाँकेका व्याटमिन्टन प्रशिक्षक जयन श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार व्याटमिन्टन प्रतियोगिताको फाइनल खेल आजनै हुने छ । सोमवार भएको प्रदेशस्तरीय व्याटमिन्टन, कबड्डी र फुटबल खेलमा बाँकेले जित हासिल गरेको छ । प्रदेशस्तरीय खेल छनोट प्रतियोगितामा बिजेता टिम वा व्यक्तिले ९औं राष्ट्रिय खेलकुद पोखरामा हुने प्रतियोगितामा भाग लिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डा. पाण्डे र डा. किदवाई सम्मानित

३ आश्विन २०७९, सोमबार १३:५१
नेपालगञ्ज : भेरी अस्पतालका मेडिशिन विभाग प्रमुख एवम् सिकलसेल एनिमिया तथा ट्रपिकल मेडिसिन विशेषज्ञ प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका निर्देशक तथा वरिष्ठ चिकित्सक डा एम किदवाईलाई लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री प्रज्जवल दीप द्धितिय पदकबाट विभूषित गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश […]