कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

सदरलाइन संवाददाता २६ श्रावण २०७९, बिहीबार १४:४७
 

नेपालगञ्ज : कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ ।

यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ । जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले कक्षा आठको नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेशा विषय अलि बढी अभाव रहेको जानकारी दिए ।

जनक शिक्षाले छपाइमा ढिलाइ गर्दा यस वर्ष पनि विद्यार्थीले समयमै पुस्तक पाउन नसकेका हुन् । कर्णालीका हिमाली जिल्लामा फागुन र पहाडी जिल्लामा वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ । अर्धवार्षिक परीक्षाको समय नजिकिँदै गर्दा अझै पुस्तक नपाएकामा विद्यार्थी र उनीहरुका अभिभावक आक्रोशित छन् ।


नयाँ पुस्तक नपाएपछि कतिपय विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गरिरहेको बताएका छन् । जनक शिक्षाले पहिलो चरणमा दुर्गम एवं हिमाली जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री वितरण गरेको छ । कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटमा मागअनुसार सबै पुस्तक पठाइएको छ ।

‘ती जिल्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पहिलो प्राथमिकतामा राखेर ढुवानी गरिएको हो,’ कार्यालय प्रमुख केसीले भने, ‘हुम्ला, सल्यान, रुकुम पश्चिममा नेपालगन्जस्थित गोदामबाटै ढुवानीको व्यवस्था मिलाइएको थियो ।’ सुर्खेत, दैलेख र जाजरकोटमा वीरेन्द्रनगर गोदामबाटै बिक्री वितरण गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घरमा बोलाएर विद्यार्थी कुट्ने शिक्षकलाई बर्खास्त गर्न माग

२६ श्रावण २०७९, बिहीबार १४:४७
नेपालगञ्ज : अखिल (क्रान्तिकारी) दाङले योजनबद्ध विद्यार्थीलाई कुटपिट गरेको भन्दै राजपुर गाउँपालिका जनज्योती मा.वि. वेलाका शिक्षक पाटेश्वर यादवलाई स्कुलबाट बर्खास्त गर्न माग गरेको छ । यादवले साउन २१ गते राती आफ्नी छोरीको प्रेमी मन्साराम यादवलाई गाउँमा बोलाएर निर्घात कुटपिट गरेका थिए । अहिले मन्सारामको नेपालगञ्जमा उपचार भइरहेको छ । उनको […]