वडा अध्यक्ष बर्माद्वारा विद्यालय भवनको ढलान पूजागरी सुरुवात

सदरलाइन संवाददाता २५ जेष्ठ २०७९, बुधबार १३:३८
 

नेपालगञ्ज : नेपालगञ्ज–१९ बसुदेवपुरमा रहेको सामुदायिक विद्यालय जगत ज्योति माध्यामिक विद्यालयको चार कोठे भवनको ढलानको पूजा गरी छत ढलान सुरु गरिएको छ ।

सो वडाका वडा अध्यक्ष परशुराम बर्माले विद्यालयको चारकोठे भवनको पहिलो छतको ढलानको पूजागरी ढलान सुरु गरेका हुन । कक्षा १० सम्म सञ्चालनमा रहेको सो विद्यालयमा विद्यार्थी चाप अनुसार कक्षा कोठाको अभाव भएको बेलामा शिक्षा विभागबाट प्राप्त चारकोठे भवन निर्माण सुरु गरिएको विद्यालयका प्रअ ईश्वर पौडेलले जानकारी दिए ।


शिक्षा विभागका महानिर्देशक चुडामणी पौडेलको सिफारिसमा विद्यालयलाई सो चारकोठे भवन परेको उनले जानकारी दिए । दुईकोठा तल र दुईकोठा माथी निर्माण गरीने गरी डिजाईन गरिएको छ ।

विद्यालयका प्रअ ईश्वर पौडेलले विद्यालयमा आफु हाजिर हुन आउनु अघि विद्यार्थी संख्या अत्यन्त न्यून भएको र आफु आएपछि १ सय ६२ जना विद्यार्थी विभिन्न कक्षामा भर्ना भएकोले कक्षा कोठा अपुग संगै फर्निचरको पनि अपुग रहेको गुनासो गरे । उनले चारकोठे भवन निर्माण भएसंगै केही राहत हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनगुनासो निवारण विषयक अन्तरक्रिया

२५ जेष्ठ २०७९, बुधबार १३:३८
नेपालगञ्ज : बाँके डुडुवा गाउँपालिकाको दुइ स्थानमा जनगुनासो निवारण बिषयक सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर १ होलिया वडा नम्बर ६ हिरमिनियामा सो अन्तरक्रिया मंगलबार सम्पन्न भएको हो । वडाका नागरिकहरु र जनप्रतिनिधिबिच भएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले वडाबाट प्रवाह हुने सेवा सुविधा छिटो, छरितो, गुर्णस्तरिय र […]

सम्बन्धित