ज्याला नपाएको भन्दै विद्यालयमा तालाबन्दी

सदरलाइन संवाददाता १३ श्रावण २०७८, बुधबार ११:१६
 

सल्यान : ज्याला नपाएको भन्दै मजदुरले बागचौर नगरपालिका–९ कुइयापानीस्थित श्री सूर्य आधारभूत विद्यालयमा तालाबन्दी गरेका छन् ।

विद्यालयको दुई कोठे भवन निमार्ण गरेको ज्याला नपाएपछि तालाबन्दी गरेको नरबहादुर डाँगीले बताए । भवन निमार्ण गर्ने सात मदजुरले ७५ दिनको ज्याला नपाएको उनका भनाइ छ ।

उनले भने‚ ‘पैसा माग्दा निर्माण समितिले विद्यालय व्यवस्थापन समितिलाई देखाउने, समितिलाई भन्दा निर्माण समितिलाई देखाएर हाम्रो पैसा दिन आनाकानी भइरहेको छ ।’


निर्माण समितिका अध्यक्ष प्रेमबहादुर डाँगीले पूर्वाधार कार्यालय सल्यानको १५ लाख रुपैयाँको बजेटमा निर्माण भएको भवनको १२ लाख ३ हजार मात्र भुक्तानी भएको र भुक्तानी भएको रकम पनि भवन बनाउँदा आफ्नो पैसा परेको भन्दै व्यवस्थापन समितिका अध्यक्षले लगेपछि समस्या भएको बताए । उनले भने‚ ‘व्यवस्थापन समितिका अध्यक्षले मेरो पनि पैसा परेको छ भन्दै पैसा लगेपछि मजदुरलाई मैले कहाँबाट पैसा दिने ?’

व्यवस्थापन समितिका अध्यक्ष कालीबहादुर भण्डारीले भने रकम विद्यालयको खातामा नभई निर्माण समितिको खातामा आएको र १५ लाखको बजेटमा १७ लाखको काम गरेको त्यो पनि गुणस्तरिय नभएको भन्दै पूर्वाधार कार्यालय १२ लाख मात्र भुक्तानी गरेको बताउँछन् । पूर्वाधार कार्यालयले निर्माण समितिको खातामा पैसा हालेकाले विद्यालयमा तालाबन्दी गर्नुको कुनै अर्थ नरहेको भण्डारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लैंगिक संवेदनशिल शिक्षण सिकाईका लागि बाँकेबर्दियाका शिक्षकलाई क्षमता विकास तालिम

१३ श्रावण २०७८, बुधबार ११:१६
बर्दिया : विद्यालयमा लैंगिक समानता प्रवर्दन गरी लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले बाँके र बर्दियाका शिक्षक÷शिक्षिकालाई क्षमता विकास तालिम सञ्चालन गरिएको छ । प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा बारबर्दिया नगरपालिका, गुलरिया […]