नेपालगञ्जमा मल्टि च्याप्टरस्तरीय तालिम शुरु

१० फाल्गुन २०७६, शनिबार १६:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : मल्टि च्याप्टरस्तरीय लोम अफिसरका लागि नेपालगञ्जमा तालिम सञ्चालन गरिएको छ । जेसीजको मिसन–भिजनको लक्ष्यलाई अगाडी बढाउन सदस्यहरुलाई सक्रिय बनाउने उद्देश्यले नेपालगञ्ज जेसीजले तालिम सञ्चालन गरेको हो ।
नेपालगञ्ज जेसीजका अनुसार जेसीजको मिसन–भिजन, उत्पे्ररणात्मक तालिम र शाखा सञ्चालन प्रविधिबारे जेसीज अभियान्ताहरुसम्म पुर्याउने उद्देश्यले सञ्चालन गरिएको तालिममा कोहलपुुर जेसीज, तुलसीपुर नगर जेसीज, त्रिभुवन नगर जेसीज, दाङ्ग महिला जेसीज र लमही जेसीजका पदाधिकारी सहभागि छन् ।
कार्यक्रममा नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेलको उपस्थितिमा अन्तर्राष्ट्रिय प्रशिक्षक मिलन गुरुङ्ग, प्रशिक्षक अमिस ढकाल र सुमन श्रेष्ठले सहजीकरण गरिरहेका छन् ।

Next Post

ट्रयाक्टरले किच्दा नेपालगञ्जमा वृद्धको मृत्यु

१० फाल्गुन २०७६, शनिबार १६:४६
सदरलाइनडटकम, नेपालगञ्ज : सडक दुर्घटनामा परी नेपालगञ्जमा एक बृद्धको मृत्यु भएको छ । ट्रयाक्टरको ठक्करबाट ९० वर्षीय साजिर जसगढको घटनास्थलमै मृत्यु भएको हो । शनिवार नेपालगञ्ज वडा नं. ११ मा हिँडिरहेका बेला उनलाई लु ३ त ५४३२ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ […]