सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुल, कोहलपुर बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालयका संचालक अध्यक्ष केशरबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको कोहलपुर नगरपालिकाका उप–प्रमुख सन्जुकुमारी चौधरीले उद्घाटन गर्नुको साथै प्रध्यानाध्यापक साधना थापाले स्वागत गरेकी थिईन ।
कार्यक्रममा नगर शिक्षा शाखा, कोहलपुरका नगर शिक्षा अधिकारी, ईलाका प्रहरी कार्यालय कोहलपुरका कार्यालय प्रमुख, जिल्ला ट्राफिक कार्यालयका कार्यालय प्रमुख, बारवर्दिया नगरपालिकाका उप–मेयर र प्रशासकिय अधिकृत, नगर शिक्षा शाखा कोहलपुरका प्रशासन सहायक, विभिन्न पत्र–पत्रिका, टेलिभिजनमा आवद्ध संचार कर्मीहरुको उपस्थिति रहेको थियो ।
उप प्रमुख चौधरीले गुणस्तरीय र ब्यवहारीक शिक्षाको लागि कोहलपुर क्षेत्रलाई देशभरि चिनाउने काम विद्यालयले गरेको बताउदै विद्यालयको थप प्रगति र उन्नतीको कामनासहित आफ्नो तर्फबाट सहयोग गर्ने बताउदै संस्थागत र सामुदायिक विद्यालयलाई सँगै अगाडि बढाउदै लैजानुपर्ने कुरामा जोड दिईन ।
कार्यक्रमलाई दुई चरणमा विभाजित गरिएको थियो । पहिलो चरणमा कक्षा नौ र दशका विद्यार्थीहरुद्धारा मार्च पासको प्रस्तृति गरिएको थियो भने नर्सरीदेखि कक्षा आठसम्मका विद्यार्थीहरुले क्रमश ः कविता, गीत, एरोविक, योगा, जङ्क फुडको बेफाइदा, पिटि र ड्रिल र तेक्वान्दोको प्रस्तुति सुन्दर र रोचक तरिकाले गरि अभिभावकहरुलाई मन्त्रमुग्ध पारेका थिए भने नर्सरी कक्षामा अध्ययनरत बाबुनानीहरुका हजुरबुबा र हजुर÷आमाहरुलाई फलपूmल र दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
२०७५ सालको एसईइ र कक्षा १२ मा उत्कृट जिपिए ल्याउन सफल विद्यार्थीहरु र उनिहरुका अभिभावकहरु समेत सम्मान गरिएको कर्यक्रमको दोस्रो चरणमा अभिभावक र बालबालिकाहरु बिच विभिन्न रोचक खेलहरु प्रस्तृत गरिको थियो ,
यसैबिच शिक्षक तथा प्रशासनिक कर्मचारी विच मैत्रीपूर्ण फुटबल खेलमा प्रशासनिक कर्मचारीले २–० को अन्तरले खेल जिति नगद पुरस्कार प्राप्त गरेको ब्यहोरा विद्यालयका प्रशासन प्रमुख कर्ण बस्नेतले जानकारी दिए ।