७० विपन्न विद्यार्थीलाई व्यवसायीको न्यानो स्वीटर

२४ पुष २०७६, बिहीबार १७:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जका दुई व्यवसायीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न बालबालिकालाई चिसोबाट बचाउन स्वीटर बितरण गरेका छन् ।

घरबारीटोलका व्यवसायी विमल ढकाल र झविन्द्र मरासिनीको पहलमा नेपाल राष्ट्रिय आधारभुत विद्यालय घरबारीटोमा अध्ययन गर्ने बालबालिकालाई ७० थान स्वीटर वितरण गरिएको हो ।


केही दिन यता बढेको चिसोको कारण जनजीवन प्रभावित बनेपछि चिसोबाट विपन्न विद्यार्थीसमेत प्रभावित भएको देखेपछि आफुहरुले सो विद्यालयका सबै बालबालिकालाई पुग्ने गरी स्वीटरको जोहो गरेको व्यवसायी ढकालले ‘सदरलाइनडटकम’लाई जानकारी दिए ।

नेपालगञ्ज उपमहानगर वडानं. २ का वडा अध्यक्ष सुनिल सिंह हमाल, विद्यालयकी प्रधानअध्यापक ललिता उपाध्यायलगायतको सहभागिता रहेको थियो । विद्यालयका तर्फबाट सो पहल गर्ने व्यवसायी ढकाल र मरासिनीलाई सम्मान गरिएको थियो ।

Next Post

खजुरामा शिक्षा र स्वास्थ्य नीति पारित

२४ पुष २०७६, बिहीबार १७:४८
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिकाको विहीवारदेखि शुरु भएको छैठौं गाउँसभाले खजुरा गाउँपालिकाको शिक्षा र स्वास्थ्य नीति पारित गरेको छ । विाधान समिति संयोजक योगमाया खनालले प्रस्तुत गरेको स्वास्थ्य र शिक्षा नीतिमा सभामा छलफलपछि पारित भएको हो । २ वटा नीति पारित भएसंगै बैठक शुक्रवार विहान ८ बजे पुनः बस्ने […]