सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा सवारी चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण दिईएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेले सवारी दुर्घटना न्युनिकरणका लागि हरदिन प्रशिक्षण कार्यक्रमअन्तर्गत बुधवार नेपालगञ्ज ट्राफिक पोस्टले नेपालगञ्जको सुर्खेत रोडमा सवारी दुर्घटना न्युनिकरणका लागि विभिन्न सवारी चालकहरुलाई प्रशिक्षण दिएको हो ।
बढ्दै गएको दुर्घटनालाई न्युनिकरणका लागि बाँके ट्राफिकले शुरु गरेको हरदिन सवारी चालकलाई जनचेतना कार्यक्रम दिएको नेपालगञ्जका ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक ओम पौडेलले बताए । प्रशिक्षण कार्यक्रममा सहभागी सवारी चालकहरुले यस्ता खाले जनचेतना मुलक कार्यक्रमले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने बताएका थिए ।
जिल्ला ट्राफिक प्रहरी बाँकेको यो अभियान सगै जिल्लाभर रहेका ट्राफिक प्रहरी बिटले समेत प्रशिक्षण कार्यक्रम दिइरहेका छन् । प्रशिक्षण कार्यक्रममा विद्यार्थी, सवारी चालक र अटो चालक, सम्बन्धित स्थानका स्थानीयहरुलाई समेत दुर्घटना न्युनिकरणबारे जनचेतना दिँदै आएको छ ।