सदरलाइनडटकम,
नेपालगञ्ज : सहरी विकास मन्त्री मोेहम्मद इस्तियाक राईले १३ औं सागमा स्वर्ण पदक विजेता बाँकेका भारोत्तोलन खेलाडी सञ्जु चौधरी र काँस्य पदक विजेता प्रकाश केसीलाई नेपालगञ्जमा नगदसहित सम्मान गरेका छन् ।
आफ्नै निवासमा एक कार्यक्रमको आयोजना गरी मन्त्री राईले स्वर्ण पदक विजेता चौधरीलाई ६१ हजार काँस्य पदक विजेता केसीलाई ३१ हजार र भारोत्तोलनका प्रशिक्षक सकिल अहमदलाई नगद ५० हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेका हुन ।
मन्त्री राईले सार्क क्षेत्र मै खेलको माध्यामबाट बाँके जिल्ला र नेपालगञ्जको नाम चिनाउन सफल भएको भन्दै अरु नयाँ प्रतिभावान खेलाडीलाई पनि प्रेरणा मिलोस् भनेर सम्मान परम्पराको थालनी गरेको बताए ।
स्वर्ण पदक विजेता खेलाडी चौधरी र काँस्य पदक विजेता केसीले भने परिवार, प्रशिक्षकको सहयोेगबाट पदक जितेको बताएका थिए । सो अवसरमा खेलकुदसंग सरोकार राख्ने विभिन्न व्यक्तित्व तथा सामाजिक र नागरिक अगुवा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।