सागका लागि ओलम्पिक टर्च नेपालगञ्ज पुग्यो

१० मंसिर २०७६, मंगलवार १६:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : १३ औँ दक्षिण एशियाली खेलकुद (साग) का लागि ओलम्पिक टर्च बोकेको टोली नेपालगञ्ज आइपुगेको छ । मंसीर ६ गते स्वयम्भुबाट निस्केर प्रदेश–१ हुँदै नेपालगञ्ज आइपुगेको टर्च र्यालीका सहभागीलाई नेपालगञ्ज रंगशालामा खेल पदाधिकारीहरुले स्वागत गरेका छन् ।
भेट्रान खेलाडीहरु टर्च र्यालीको देश दौडाहामा रहेका छन् । ओलम्पिक टर्च र्यालीले नेपालगञ्ज रंगशाला परिक्रमा गरेको थियो । टर्च र्यालीमा जीतबहादुर केसी, कान्छीमाया कोजु, ज्ञानबहादुर बोहरा, मुकुन्द श्रेष्ठ, टीकाराम श्रेष्ठ र राजकुमारी पाण्डे रहेका छन् । नेपालका लागि अन्तर्रा्ष्ट्रिय पदक जित्ने पहिलो खेलाडी केसीले नेपालमा साग हुँदैछ भन्ने देशव्यापी प्रचारका लागि टर्च लिएर निस्केको बताए ।
धावक कोजुले देशभर नै सागको प्रचार होस् र नेपालले धेरै पटक जितोस् भन्ने कामनासहित र्याली निकालिएको बताइन् । टर्च र्याली विराटनगर, जनकपुर, चितवन, लुम्बिनी, बुटवल, सुर्खेत हुँदै नेपालगञ्ज आइपुगेको छ । अब धनगढी गएर पोखरा हुँदै काठमाण्डौ फर्किने केसीले जानकारी दिए । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा १३ औं साग हुँदैछ ।

Next Post

समाजवादीका केन्द्रीय नेता नेकपामा प्रवेश

१० मंसिर २०७६, मंगलवार १६:२५
सदरलाइनडटकम, दाङ : समाजवादी पार्टीका केन्द्रीय सदस्य धिरज सेपाईली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । मंगलवार बबई गाउँपालिकाको हापुरेमा भएको चुनाबी सभामा श्रीपाईली नेकपामा प्रवेश गरेका हुन् । उनलाई नेकपाका स्थायी कमिटि सदस्य तथा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्वागत गरेका हुन् । उनी २०७० […]

सम्बन्धित