२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

नेपालगञ्जका किशोर किशोरीका लागि १० दिने लेखा तालिम



सदरलाइनडटकम,
नेपालगञ्ज   : युकेएड सीपको आर्थिक सहयोगमा २० जना किशोर किशोरीहरुका लागि १० दिने आधारभूत लेखा सम्बन्धी तालिम नेपालगञ्जमा सुरु भएको छ ।
रोजगारी सर्भिसेस प्रालि तथा मानसले आयोजना गरेको तालिममा १० जना किशोर तथा १० जना किशोरी सहभागी रहेको मानसका सतिश अधिकारीले जनाएका छन् ।
सीप कार्यक्रमका परियोजनाका प्रबन्धक मनोज कुमार सुनुवारले प्रदेश नम्बर २ र ५ का दुई हजार किशोर किशोरीलाई रोजगारी प्रदान गर्ने उदेश्य अन्तर्गत लेखा सम्बन्धी तालिममा नेपालगञ्जका युवाहरुलाई सहभागी गराइएको जानकारी दिए ।
उनका अनुसार तालिम लगत्तै सबै २० जनालाई नेपालगञ्ज क्षेत्रमै रोजगारी समेत प्रदान गरिने छ । तालिमको सहजीकरण चार्टर एकाउन्टेन्ट आर्जन अधिकारीले गरि रहेका छन् ।

प्रकाशित मिति : २०७६ मंसिर ४ गते बुधबार
ताजा समाचार