विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण

१९ कार्तिक २०७६, मंगलवार १६:३०
 

सदरलाइनडटकम,
सल्यान : शारदा नगरपालिकाले छात्राहरुलाई निःशुल्क रुपमा सेनेटरी प्याड वितरण गरेको छ । महिनावारी भएको समयमा पनि विद्यालयमा छात्राहरु नियमित गराउन नगरपालिकाले सेनेटरी प्याड वितरण गरेको जनाएको छ ।
महिनावारी भएको बेला छात्राहरु लजाउने, विद्यालय आउन गाह्रो मान्ने गरेकाले नगरभित्रका सबै माध्यमिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरिएको नगरप्रमुख सुरेश अधिकारीले बताए । महिनावारी भएको समयमा छात्राहरु विद्यालयमा आउँदैनन् भन्ने गुनासो आएपछि प्याड वितरण गरेको उनको भनाइ छ । शिवजन माविका ६०० छात्रासहित नगरभित्रका ३५ वटा विद्यालयका करिब एक हजार ८०० छात्रालाई निःशुल्क रुपमा सेनेटरी प्याड वितरण गरिएको छ ।
छात्राहरु विद्यालय आउँदा महिनावारी भए भागेर जाने, लजाउने, बीचैमा कक्षा छोडेर जाने समस्या खेप्दै आएकाले अब यो समस्या हट्ने विश्वास लिएको शिवजन माविका प्रधानाध्यापक हिरालाल नेपालीले बताए ।
विद्यालयमा सेनेटरी प्याडको व्यवस्था नहँुदा आफुहरुको पढाइ छुट्ने, कक्षामा रहेका बेला महिनावारी हुँदा एकदमै गाह्रो हुने, पढाइ छोडर घर जानु पर्ने हुने गरेकोमा अब भने यो समस्याबाट मुक्ति पाएको शिवजन माविको कक्षा १० की छात्रा सुनिता बिकले बताइन् । छात्राहरुका लागि सेनेटरी प्याड महत्वपूर्ण भएको छात्रा शुस्मा देवकोटा बताउँछिन् ।
यस वर्षदेखि सम्पूर्ण विद्यालयहरुमा सेनेटरी प्याड वितरण गर्ने नेपाल सरकारको योजना रहे पनि शारदा नगरपालिकाले आफ्नै बजेटबाट नगरभित्रका कक्षा ८ देखि १२ सम्म अध्ययन हुने विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरेको शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र हमालले बताए ।

Next Post

आफु सरकारको प्रचारक भएको प्रचण्डको भनाई

१९ कार्तिक २०७६, मंगलवार १६:३०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पछिल्लो समय आफु सरकार र पार्टीको प्रचारक जस्तो भएको बताएका छन् । विजयादशमी, तिहार, नेपाल सम्वत ११४०, छठ, ल्होसार, क्रिसमस डे र मोहम्मद डेका अवसरमा नेकपा बाँकले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई मंलवार नेपालगञ्जमा सम्बोधन गर्दै उनले […]