अवकाश प्राप्त व्यक्तिका नाममा समायोजन पत्र

२७ भाद्र २०७६, शुक्रबार १८:२५
 

सदरलाइनडटकम,
गुल्मी : जिल्ला वन डिभिजन कार्यालय गुल्मीबाट गत बैशाखमा उमेर हदबन्दीका कारण अवकाश पाएका वन रक्षक चन्द्रबहादुर बस्नेतको नाममा समायोजन पत्र आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई संघमा समायोजन भएको पत्र पठाएको हो ।
डिभिजन वन कार्यालय गुल्मीका प्रमुख बोधराज सुवेदीले भुलबस पत्र आएको बताए । उनले अवकास प्राप्त वन रक्षकका नाममा आएको समायोजन पत्र बारे केन्द्रमा जानकारी गराउने पनि बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी जीवलाल भुसालका अनुसार पुसबाट समायोजनको प्रत्रिया शुरु भएको र माघदेखि फागुनसम्ममा समायोजनको पत्र तयार भएका कारण यस्तो भएको बताए ।
अवकाश हुने व्यक्तिले निजामती किताब खानामा पत्र दिएपनि कर्मचारी समायोजन शाखामा जानकारी नआएका कारण यस्तो समस्या भएको बताए । सम्बन्धित कार्यलयले अवकाश भएको आधिकारीक पत्र समायोजन शाखामा पठाएपश्चात समस्याको समाधान हुने उनको भनाई छ ।


Next Post

जीवित शिशुलाई मृत घोषित गर्ने अस्पतालद्वारा स्पष्टीकरण

२७ भाद्र २०७६, शुक्रबार १८:२५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालले मृत घोषणा गरेको नवजात शिशु सदगति गर्ने क्रममा जिवितै पाइएपछि अस्पताल प्रशासनले स्पष्टीकरण दिएको छ । नेपालगञ्जको शमशान घाटमा सदगतिका लागि लैजाँदै गर्दा शिशुको शरीरले हरकत गरेपछि पुनः अस्पताल पुर्याएर उपचार शुरु गरिएको शिशुको बारेमा भेरी अस्पतालले बिज्ञप्ति निकालेर स्पष्टीकरण दिएको हो । नेपालगञ्जमा […]