आफ्नो जन्मदिनमा डा. रोमाद्वारा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री बिरतरण

२१ भाद्र २०७६, शनिबार १७:२३
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके)  :  नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको बालरोग बिभागमा कार्यरत डा.रोमा बोराले आफ्नो जन्मदिनमा सुकुमबासी तथा मुक्तकमैयाका बालबालिकालाई शैक्षिक सामाग्री बिरतरण गरी मनाएकी छन् ।
उनी शनिबार (आज) विहान आफ्नो जीवनसंङ्गी सन्दीप अग्रवालका साथ राप्तीसोनारी गाउपालिका–६ मा रहेको सुकमैया प्राथामिक विद्यालय कमैयाँडाँडामा पुगेर त्यहाँका २२ जना विद्यार्थीलाई झोला, कापी कलमसहितको शैक्षिक समाग्री वितरण गरेकी हुन ।
उनले भनिन–‘मैले आफ्नो जन्मदिनको उपलक्षमा गर्ने खर्च कटाएर विपन्न समुदायका बालबालिकाको शिक्षामा केही सहयोग गर्न पाउदा आफ्नो तर्फबाट विद्यालय परिवार प्रति आभार व्यक्त गर्न चाहान्छु ।’ उनले विपन्न बालबालिकाको शिक्षामा आफुले सानो सहयोग गर्ने बाताबरण मिलाई दिएकोमा विद्यालय व्यवस्थापन समिति, विद्यालय परिवार तथा वडा अध्यक्ष लगायतका जनप्रतिनिधि प्रति आभार व्यक्त गरिन ।
उनले आफु बाल चिकित्सक भएको स्थानीयलाई जानकारी गराउदै बाल स्वास्थ्यको समस्या भएमा आफुले नेपालगञ्ज मेडिकल कलेज तथा नेपालगञ्जमा आफ्नै निवासमा रहेको कान्ति आरोग्य केन्द्रबाट निशुल्क स्वास्थ्य परिक्षणको सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत गरिन ।
सो अवसरमा राप्ती सोनारी गाउपालिका वडानं.६ का वडा अध्यक्ष जनकराम थारुले डा. रोमा र उनको परिवारलाई जन्मदिन मनाउनको लागि आफ्नो वडामा रहेको सामुदायिक विद्यालयलाई छनौटगरी शैक्षिक समाग्री वितरण गरेकोमा धन्यबाद ब्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पुनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्थानीय समाजसेवाी चन्द्रप्रकाश शर्माले ग्रामिण क्षेत्रका बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा सहयोग पुराउनको लागि डा. रोमालाई आग्रह समेत गरेका थिए ।

Next Post

अब नेपालगञ्जबाटै सिधै लखनउ मैत्रीबस सेवा सुरु

२१ भाद्र २०७६, शनिबार १७:२३
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्जदेखि भारतको लखनउसम्म सिधा बससेवा आईतवारबाट शुरु भएको छ । भेरी यातायात प्रालिले सञ्चालनमा ल्याएको नेपाल–भारत मैत्री बस सेवा भिजिट नेपाल–२०२० लाई लक्षित गरी ल्याईएको हो । नेपालगन्ज उपमहानगरका मेयर डा. धवल शम्सेर राणाले एक औपचारिक कार्यक्रमका बिच बसको ढोकामा बाधिएको रिबन काटेर बस सेवाको उद्घाटन गर्दै […]