सदरलाइनडटकम,
बुटवल : प्रदेश पाँचको लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिश भएका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुन् । प्रदेश लोकसेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिश समिति रहने प्रदेश लोकसेवा आयोग ऐनमा व्यवस्था छ ।
सोही अनुसार मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो । प्रदेश लोकसेवा आयोग गठनका लागि मुख्यमन्त्री, समितिको सिफारिशको आधारमा प्रदेश प्रमुखले नियुक्ति गर्ने व्यवस्था प्रदेश लोकसेवा ऐनमा व्यवस्था छ ।
Next Post
स्टिक्स एण्ड स्टोनस् तालिम सम्पन्न
१० श्रावण २०७६, शुक्रबार १६:३३
सम्बन्धित
-
२२ फाल्गुन २०७६, बिहीबार १६:३४
कोरोना फैलिए पनि महोत्सव सञ्चालन गर्न दिनको लागि सत्तारुढ दलका नेताको प्रशासनलाई चर्को दवाव
-
८ आश्विन २०७८, शुक्रबार १५:४०
प्रेस स्वतन्त्रता सेनानी स्व. वैश्यको स्मृतिमा कार्यक्रम गरिने
-
१९ चैत्र २०७५, मंगलवार १७:३१
किर्ते गरेको अभियोगमा मालपोत अधिकृत पक्राउ
-
७ कार्तिक २०८१, बुधबार १६:५१
जलवायु परिवर्तनका कारण हिउँ चितुवाको बासस्थानमा चुनौती
-
१२ श्रावण २०८०, शुक्रबार १४:१०
भेरी अस्पतालले मनायो १३३औं बार्षिकोत्सव
-
१४ मंसिर २०८०, बिहीबार १५:५१
भुकम्प पीडितलाई कोहलपुरका व्यवसायीद्वारा तरकारी सहयोग