२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

शिक्षामा सुधारका लागि नरैनापुर सक्रिय हुँदै



सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको सबैभन्दा भन्दा बिगट क्षेत्रका रुपमा परिचित नरैनापुरको शिक्षा सुधारका लागि सरोकारवाला सक्रिय हुने भएका छन् । नरैनापुर गाउँपालिकामा रहेका सरोकारवालाले शिक्षा क्षेत्रमा रहेको समस्यालाई समाधान गर्न सक्रिय हुने भएका हुन् ।
उनीहरुले एक सार्वजनिक कार्यक्रममा शिक्षामा देखिएको समस्यालाई सबै जना मिलेर समाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन् । जिल्लाकै बिकट मानिने नरैनापुरमा माबिको संख्या कम रहेको र आवश्यकता अनुसारका भौतिक पुर्वधार जस्ता कुराहरुको अभावका कारण प्रभावकारी शिक्षामा बाधक बनिरहेको समेत सरोकारवालाको भनाई छ । गाउँपालिकाभित्रका बिभिन्न बिद्यालयहरुमा बिभिन्न प्रकारको समस्या रहेको त्यसको समाधानका लागि अभिभावक, बिद्यार्थी र बिद्यालयसंग सम्बन्धित सरोकारवालाहरुले सक्रियता देखाउनुपर्ने समेत उनीहरुको जोड छ ।
गाउँपालिकाको सहयोगमा अवधी पत्रकार संघ नेपालले आयोजना गरेको शैक्षिक गुणस्तरीयता तथा सुधारको पहलका बिषयमा शिक्षा संवाद कार्यक्रममा बोल्ने बिद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा अभिभावकले बिद्यमान समस्या समाधानका लागि आफुहरु लाग्ने भन्दै सम्बन्धित निकायलाई पनि सक्रिय हुनुपर्ने बताए । चौतर्फी कुराले पछाडी रहेको गाउँपालिका क्षेत्रको खासगरी शिक्षामा भएका चुनौतीहरुलाई कम गर्न सकेमात्र समग्र क्षेत्रको बिकासमा फडको मार्न सकिने स्थानीयहरुको भनाई छ ।
कार्यक्रममा गाउँपाािलका अध्यक्ष इस्तियाक अहमद शाहले बिद्यालयहरुमा रहेको समस्या बेला बेला सम्बन्धित ठाउँमा राख्न अनुरोध गर्दै बिस्तारै सबै समाधान गरिने प्रतिबद्धता जनाए । स्थानीय सरकार आएको धेरै समय नभएको र सबै समस्या एकैचोटी समाधान गर्न नसकिने हुँदा क्रमैसंग शिक्षाको समस्या समाधान हुने अध्यक्ष शाहले दावी गरे । गाउँपालिकाले पनि यहाँको बिकास क्रमलाई अगाडी बढाउनका लागि योजनाहरु निर्माण गरिरहेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले शिक्षा क्षेत्रको बिकासका लागि अभिभावकको सोंच परिवर्तन गर्नुपर्ने बताउँदै बिद्यालय समयमा सबैले आआफ्नो जिम्मेवारी निर्वाह गर्नसके शिक्षा क्षेत्रको समस्या केही कम हुने बताए । उनले गाउँपालिकाकालाई साक्षर घोषणा गर्ने तयारी भइरहेको हुँदा सबै अभिभावकले आफ्ना बालबालिकाहरुलाई शिक्षा आर्जनमा जोड दिन आग्रह गरे ।
संघका अध्यक्ष राकेश मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख त्रिलोकीनाथ मौर्य, ३ नं. वडाअध्यक्ष राजकुमार मौर्य, ४ नं. वडा अध्यक्ष दिनेश प्रसाद शर्मा, १ र ४ नं. वडाका सचिव सचिव लक्ष्मीकान्त मिश्रासहित स्थानीयले शिक्षाका समस्या दर्शाएका थिए । अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष एव सभ्य समाज नेपाल बाँकेका अध्यक्ष सूर्यलाल यादवले शिक्षाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । गाउँपालिकामा ४५ वटा प्रारम्भिक बाल बिकास केन्द्र, माध्यमिक, आधारभूत र प्राथमिक गरी २१ वटा सामुदायिक बिद्यालय, २३ वटा मदरसा र ५ वटा निजि बिद्यालय छन ।

प्रकाशित मिति : २०७६ असार १६ गते सोमबार
ताजा समाचार