महिला टी ट्वान्टीको उपाधि एपीएफको पोल्टामा

११ असार २०७६, बुधबार १९:०१
 

सदरलाइनडटकम,
कञ्चनपुर : प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जीतेको छ । महेन्द्रनगरमा जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि जीतेको हो ।
महेन्द्रनगरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा नौ विकेट गुमाउँदै ७१ रन बनायो । उसका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा रुवी पोदारले २४, कविता कुवँरले २२ बनाइन् ।
यस्तै मञ्जु बोगटीले आठ रन बनाउनु बाहेक अरु खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । उसका चार खेलाडीले खाता खोल्न सकेनन् । बलिङमा एपीएफकी करुणा भण्डारी र सीता रानामगरले तीनतीन विकेट लिए भने सोनु खड्का, ममता चौधरी र रेखा रावलले एकएक विकेट हात पारे ।
जवाफमा एपीएफले १५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । उसका लागि इन्दु बर्माले २२, सीता रानामगरले १८ र ज्योति पाण्डले १७ रन बनाए । यस्तै सोनु खड्का र ममता चौधरीले तीन(तीन रनको योगदान दिए । उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ हात पार्यो भने उपविजेता सुदूरपश्चिमले तीन लाखमा चित्त बुझायो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

Next Post

बाँकेका एसपीको विदाई, नयाँको स्वागत

११ असार २०७६, बुधबार १९:०१
सदरलाइनडटकम, नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भई आएका नयाँ प्रहरी उपरीक्षकलाई स्वागत तथा सरुवा भई अन्यत्र गएका प्रहरी उपरीक्षकलाई विदाई गरिएको छ । स्वागतसँगै विदाई गरिएको बाँकेमा सम्भवतः यो पहिलो पटक हो । प्रहरी उपरीक्षक अरुण पौडेलको सरुवा भएपछि प्रदेश प्रहरी गणमा रहेका विरबहादुर वलीलाई प्रहरी कार्यालयमा स्वागत […]