सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगञ्जको प्रहरी तालिम केन्द्रको खेलमैदानमा जारी जिल्ला लिग प्रतियोगिताको उपाधि धम्बोझी क्लवले जितेको छ ।
आइतबार बिहान सम्पन्न फाइनल खेलमा धम्बोझी क्लवले मोडेल टिम सिगाउँलाई शुन्यकाबिरुद्ध २ गोलले पाखा लगाउदै खेलको उपाधि जित्न सफल भएको हो ।
धम्बोझी क्लवका विशाल थापाले १९ औ मिनेटमा र ब्यापक राज शाहीले ३६ औं मिनेटमा गोल गरेका थिए भने मोडेल टिमका तर्फबाट गोल फर्काउने प्रयासलाई धम्बोझीको रक्षापङतीले कडा प्रतिबाद गरेका कारण गोल रहित बन्नु पर्यो ।
धम्बोझी क्लबले ट्रफि, मेडल, प्रमाणपत्रसहित २१ हजार नगद प्राप्त गर्यो भने मोडेलले ११ हजार नगदसहित प्रमाणपत्र, प्राप्त गरेको छ । यसैगरी खेलको उत्कृष्ठ खेलाडिमा धम्बोझी क्लवका प्रविण कुमार सुनार घोषित भएका थिए ।
विजयी टिमलाई प्रहरी तालिम केन्द्र कर्णाली प्रदेश हाल नेपालगन्जका समादेशक तथा प्रहरी वरिष्ठ उपरिक्षक डा. दानबहादुर बोहरा, नेपालगन्ज उप–महानगरपालिकाको प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजाल, जिल्ला फुटवल संघका भोजराज शाहीलगायतले पुरस्कार बितरण गरेका थिए । गत जेठ २५ गतेदेखि सुरु भएको जिल्ला लिग प्रतियोगितामा ११ टिमले सहभागिता जनाएको थियो ।