सदरलाइनडटकम,
नेपालगञ्ज : गणतन्त्र दिवसका अवसरमा नेपालगन्ज उप–महानगरपालिकाले आयोजना गरेको जनप्रतिनिधि र कर्मचारीबीचको तीन दिने व्यटमिन्टन प्रतियोगिता बुधबार समापन भएको छ ।
नेपलगञ्जको प्रहरी व्यायमशालामा आयोजित सो प्रतियोगितामा महिलाको युगल ८ टिम र पुरुष एकल र युगलतर्फ ३२/३२ टिम सहभागि रहेको खेलका निर्णयक जयन्त श्रेष्ठले जानकारी दिए ।
महिला युगल टिममा उपमेयर उमा थापामगर र सुनिता श्रेष्ठको युगल जोडी प्रथम हुँदा दुर्गा खनाल र अनुपमा द्वुवेदीको युगल जोडी द्वुतिय भएका थिए ।
यसैगरी पुरुष एकलमा वडानं. १ का वडा अध्यक्ष प्रमोद धिताल प्रथम, शिक्षा शाखाका प्रमुख गोर्खबहादुर थापा द्वुतिय भएभने पुरुष युगलमा ई. प्रकाश डिसी र ई.निवेश पौडेलको युगल जोडि प्रथम हुँदा प्रमुख प्रशाशकिय अधिकृत हरि प्याकुरेल र कृष्णप्रसाद जोशीको युगल जोडिले द्वुतिय स्थान हासिल गरेको थियो ।
विजयी टिमलाई नेपालगन्ज उपमहानगरका मेयर डा. धवल शम्शेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी प्रमुख अरुण पोडेल, सशस्त्र ३० नं. गणका सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहलगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।