सदरलाइनडटकम,
नेपालगञ्ज : आठौंअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा गण्डकी र महिलामा विभागिय टिम नेपाल आर्मी च्याम्पियन बनेका छन् । दुवै फाइनलमा एपीएफ चुक्यो ।
नेपालगन्ज रंगशाला परिसरमा भएको पुरुष फाइनलमा गण्डकीले एपीएफलाई ३७–३३ ले पराजित ग¥यो । गण्डकीका सन्तोष श्रेष्ठले सर्वाधिक १६ गोल गरे । एपीएफका लोकेन्द्र चन्द र सन्दिप कार्कीले १०–१० गोल गरे । आर्मीले प्रदेश ३ लाई ४२–२४ हराउदै तेश्रो स्थानमा चित्त बुझायो ।
महिला फाइनलमा आर्मीले एपीएफलाई १७–१४ ले पाखा लगायो । आर्मीकी कविता राईले ८ गोल गरिन् । एपीएफबाट साधना बमले ४ गोल गरिन् । गण्डकीले प्रदेश १ लाई ७–५ गोलले पन्छ्याउदै तेश्रो भयो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य राजेश गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुरुष÷महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफबाट समान ९–९ टिम सहभागी थिए ।
Next Post
समायोजनमा गुनासो नहुने गरी काम गरिएको छ : मन्त्री पण्डित
१० बैशाख २०७६, मंगलवार २२:०३
सम्बन्धित
-
२५ आश्विन २०७५, बिहीबार १५:२५
महानायक अमिताभ बच्चनको बिहीवार ७६ औं जन्मदिन
-
२१ चैत्र २०७५, बिहीबार १५:१६
प्रतियोगिताको प्रचारप्रसार गर्दै लायन्स क्लव
-
३० आश्विन २०७९, आईतवार १८:४४
नेपालगञ्जकी नेलिसा बनिन स्याक नेपाल बाँकेको अध्यक्ष
-
१२ पुष २०७७, आईतवार ०९:२७
ट्रकको ठक्करबाट गुल्मीमा दुई जनाको मृत्यु
-
३० श्रावण २०७७, शुक्रबार १६:२६
भेरीको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि
-
२२ श्रावण २०७८, शुक्रबार १५:२६
लागुऔषधसहित बर्दियामा २ जना पक्राउ