नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

१७ फाल्गुन २०७५, शुक्रबार १८:४३
 

सदरलाइनडटकम,
कोहलपुर : नेपाल राष्ट्रीय शिक्षक संगठन कोहलपुर नगर समितिको आयोजनामा कोहलपुर नगरस्तरीय अन्तर माबि वक्तृत्वकला प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । ‘बिपद ब्यबस्थापनमा बिद्यार्थीको भुमिका’ बिषयक वतृत्वकला प्रतियोगितामा कोहलपुर नगरपालिका भित्रका ९ वटा सामुदायिक माध्यमिक बिद्यालयका बिद्यार्थीले भाग लिएको संगठनका नगर सचिव निम प्रकाश थापाले बताए ।
प्रतियोगितामा सरस्वती माबि पिपरीका लक्ष्मी कुमाई प्रथम, सगरमाथा ज्ञानपुञ्ज माबि किरणनालाका सुस्मिता मल्ल र राम माबि हवल्दारपुरका बिसु गाहा मगर द्वितीय, जन ज्ञान ज्योति माबि कौशिलानगरका भावना थापा तृतिय तथा नेपाल राष्ट्रीय माबि खड्गवारका सृजना थारुले सान्त्वना स्थान ल्यायन सफल भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन, ५ न प्रदेशका बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद सापकोटाले संगठनले शिक्षकको हकहित का साथै बिद्यार्थीको प्रतिभा पहिचान गर्न बिभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको बताए । उनले कोहलपुर नगर समिति क्रियाशिलताका साथ कोहलपुरमा बिभिन्न कार्यक्रम गरेकोमा खुशी ब्यक्त गरे ।
प्रतियोगितामा कोहलपुर नगरपालिका सामाजिक बिकास समितिका संयोजक नारायणी वली, कोहलपुर नगरपालिका वडा न १ का वडा अध्यक्ष गोपिलाल खनाल, कोहलपुर नगर शिक्षा प्रमुख रामसुरेश यादव, नेपाल राष्ट्रीय शिक्षक संगठन बाँकेका सचिव दिलबहादुर खत्री, कोषाध्यक्ष कल्पना जोशी, शिक्षक महासंघ कोहलपुरका अध्यक्ष रामप्रसाद चापागाई, जनज्ञान ज्योति माबिका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष खिमलाल शर्मालगायतले मन्तब्य ब्यक्त गरेका थिए । संगठनका नगर अध्यक्ष बिनोद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको नगर सचिव निम प्रकाश थापाले सञ्चालन गरेका थिए ।

Next Post

जीप दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत

१७ फाल्गुन २०७५, शुक्रबार १८:४३
सदरलाइनडटकम, दार्चुला : दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३, राताकाठा क्षेत्रमा शुक्रवार राति भएको जीप दुर्घटनामा मृतक सबै एघार जनाको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म १ ज २८० नम्बरको जीप दुर्घटनामा परि ११ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । दुर्घटनामा ११ […]