आठौंकोे मस्कट आईपुग्यो नेपालगञ्ज !

१५ फाल्गुन २०७५, बुधबार ०७:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा आयोजना हुने ८औं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह (मस्कट) नेपालगञ्ज ल्याई पुराईएको छ ।
भौतिक पूर्वाधार निर्माणले तीब्रता पाएकै बेलामा मस्कट पुग्दा २०७५ भित्रै प्रतियोगिता सुरु हुने संकेत देखापरेको प्रादेशिक खेलकुद विकास समिति क्षेत्र नं. ५ का अध्यक्ष भीम ओलीले बताए ।
उनले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका हात्ती संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद प्रतियोगिताकोे मस्कटमा हात्तीको छावाकोे चित्र अकित गरेको बताए ।
प्रादेशिक खेलकुद विकास समिति क्षेत्र नं. ५ का अध्यक्ष ओलीले दिएको जानकारी अनुसार काठमाण्डौमा भएको पहिलो राष्ट्रिय खेलकुद प्रतियोगितामा बाघ प्रजातिको हाब्रे, पोखरामा भएको दोस्रोमा डाँफे बीरगन्जमा भएको तेस्रोमा गैडा, नेपालगन्जमा भएको चौथोमा कृष्णसार, काठमाण्डौमा भएको पाँचौमा रेडपाण्डा, धनगढीमा भएको छैठौंमा बाह्रसिंगा र पूर्वाञ्चलमा भएकमो सातौमा अर्नालाई प्रतियोगिताको मस्कटको रुपमा प्रयोगमा ल्याईएको थियो ।
इटहरीको भद्रकाली कला कुञ्जले तयार गरी ल्याईएको सो मस्कट डेढ लाख रुपैयाँको लागतमा तयार गरेको हो भद्रकाली कला कुञ्जका व्यवस्थापक हरि पौडेलले सिमेन्ट र फाइबरको प्रयोग गरी मस्कटको निर्माण गरिएको बताए ।
यसैबीच सो मस्कट फागुन १६ गते बिहीबार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले अनावरण गर्ने कार्यक्रम तय भएको प्रादेशिक खेलकुद विकास समिति क्षेत्र नं. ५ का अध्यक्ष ओलीले जानकारी दिए ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ भित्रै समपन्न गर्ने गरी भौतिक पूर्वाधारको तयारीदेखि खेलाडि छनौटलाई तीब्रता समेत दिईएको उनले बताए ।

Next Post

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना

१५ फाल्गुन २०७५, बुधबार ०७:२९
सदरलाइनडटकम, काठमाण्डौ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा परेको छ । उनी सवार एयर डायनिस्टीको हेलीकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको गृहसचिव प्रेमकुमार राईले जानकारी दिए । हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीको कार्यालयका कर्मचारी युवराज दाहाल, पर्यटन मन्त्रालयका विरेन्द्र श्रेष्ठ, पिएसओ अर्जुन घिमिरे र […]