अधिकारको लागि उपभोक्ता सचेत हुन आवश्यक

२९ माघ २०७५, मंगलवार २२:२५
 

सदरलाइनडटकम, 
नेपालगञ्ज  : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले धम्बोझी माविमा आयोजना गरेको खाद्य स्वाच्छता तथा गुणस्तर अभियान–२०७५अन्तरगत खाद्य सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा चित्रकला कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापामगरले उपभोक्ता सचेत नहुँदासम्म नियमन गर्ने निकायले मात्र केही गर्न नसक्ने बताईन । उनले भनिन्–‘उपभोक्ताले नै आफु ठगिएको कुरा उजुरी नगर्दासम्म नियमन गर्ने निकायले केही गर्न सक्दैन त्यसैले पहिला उपभोक्त जागरुक हुन आवश्यक छ ।’
उनले उपभोक्तालाई सचेत बनाउनको लागि नियमनकारी सबै निकायले सहकार्यका साथ अघि बढ्दै विभिन्न खालका सचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेका औल्याईन ।
स्थानीय तहमा अनुगमन तथा न्यायीक समितिको संयोजक उपमेयर रहने भएकोले आफुहरु पनि अनुगमनमा जादा उपभोक्ताको अधिकार कुण्ठित भएको पाउदा पनि उपभोक्ताले म ठगिए भनेर उजुरी नगर्दासम्म आफुहरुले केही गर्न नसक्ने उनको भनाई थियो ।
सो कार्यक्रममा खाद्य स्वच्छता विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका कार्यालय प्रमुख ज्योत्सना श्रेष्ठ, बाणिज्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालले उपभोक्त हित संरक्षण तथा बजार अनुगमनको विषयमा र उपभोक्ता हित संरक्षण समिति बाँकेका अध्यक्ष बसन्त गौतमले उपभोक्ता अधिकारको विषयमा प्रस्तुत गरेको कार्यपत्रमाथि नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदीले टिप्पणी गरेका थिए ।
यसैबीच सोही कार्यक्रममा खाद्यय सुरक्षा र स्वाच्छता विषयमा आयोजित चित्रकला प्रतियोगितामा भेरी ईमि हाईस्कुल धम्बोझीकी अस्मिता थापामगर प्रथम, धम्बोझी माविका कल्पना बिएम द्वितिय, जयबागेश्वरी माविका आयशा कार्की तृतिय र गुँराश मावि खजुराका भावना तामाङ्गले सान्त्वना स्थान हासिल गरेका थिए ।
कार्यालयका खाद्य निरीक्षक एकराज बुढाथोकीले सहजिकरण गरेको कार्यक्रममा विजेतालाई उपमेयर थापामगर, वडानं. १ का अध्यक्ष प्रमोद रिजाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर चन्द, प्रधानाध्यापक बामदेव सुवेदी, निर्णयक श्यामानन्द सिंह, रामलाल श्रेष्ठ, सुन्दर गुरुङ्ग लगायतले प्रमाणपत्र तथा पुरस्कार वितरण गरेका थिए ।

Next Post

शहरी विकास मन्त्री राईले धम्बोझी माविमा ५ कोठा बनाईदिने

२९ माघ २०७५, मंगलवार २२:२५
सदरलाइनडटकम, नेपालगञ्ज  : संघिय सरकारका शहरी विकास मन्त्री मो ईस्तियाक राईले नेपालगञ्जको धम्बोझी माविको मंगलबार स्थलगत अवलोकन गरेका छन् । अबलोकनका क्रममा विद्यालयमा विद्यार्थीको चाप देखेर उनले विद्यालको भौतिक पूर्वाधार विकासको लागि ५ कोठे भवन निर्माणको लागि सांसद विकास कोषबाट रकम उपलब्ध गराउने भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष […]