क्रिकेटर अविनाशको नेपालगञ्जमा स्वागत

२३ माघ २०७५, बुधबार १५:०५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज कोरियनपुरका अविनाश बोहरा पहिलोपटक नेपाली क्रिकेट टोलीमा समावेश भए । पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेर उनले आम दर्शकको मन जितेका छन् । ६ विकेट लिएर उनी म्यान अफ द सिरिज हुन सफल भएका थिए ।
संयुक्त अरब इमिरेट्स (युएई)सँगको टि–ट्वान्टी क्रिकेट श्रृङ्खला जित्ने नेपाली राष्ट्रीय टोलीका सदस्य बोहरालाई बुधवार गृहनगर नेपालगञ्जमा नगर परिक्रमा गरी भव्य स्वागतसहित सम्मान गरिएको छ ।
बोहरालाई बाँके जिल्ला क्रिकेट सङ्घको आयोजनामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य सुरेन्द्र हमाल र नेपालगञ्ज उप–महानगरपालिकाका उपमेयर उमा थापाले खेलाडी बोहरालाई सम्मान गरे । सो अवसरमा बाँके जिल्ला क्रिकेट सङ्घका अध्यक्ष दुर्गा थापाले बोहरालाई १० हजार रुपैयाँ सहयोग प्रदान गरे ।

Next Post

प्रदेश ५ को राजधानी तोक्न माग गर्दै प्रदेशसभा स्थगित

२३ माघ २०७५, बुधबार १५:०५
सदरलाइनडटकम, बुटवल : प्रदेश नं ५ को स्थायी राजधानी तथा नामाकरणको विषयमा बुधवार सभामुख र प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका सदस्यबीच भनाभन भएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता बलदेव शर्माले प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको विषयमा टुङ्गो नलाग्दासम्म संसद् चल्न नदिने अडान लिए । […]