सम्भावित सीपबारे नेपालगञ्जका युवासँग छलफल

२८ मंसिर २०७५, शुक्रबार १९:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : युवाहरुको सीप, दक्षता अभिबृद्धिका लागि तालिम सञ्चालन गर्न सकिने बिषयमा शुक्रवार नेपालगञ्जमा छलफल गरिएको छ । वर्ष २०१९ मा युवाहरुका लागि सञ्चालन गर्न सकिने सम्भावित कार्यक्रमहरुका बारेमा नेपालगञ्जका युवासंग छलफल गरिएको हो ।
सामाजिक बिकास मंच (एसडिएफ) बाँकेले २०१९ युवाहरुलाई कस्तो प्रकारको सीप दक्षता आवश्यकता महशुस भएको सन्दर्भमा उक्त छलफल आयोजना गरिएको मंचका जीविकोपार्जन अधिकृत भूपाल बोहराले जानकारी दिए । युवा क्लब सहभागितामा गरिएको छलफलमा सीप अभिबृद्धिका लागि संस्थाले गर्दै आएको कार्यको सराहना गर्दै धेरैभन्दा धेरै युवालाई समेटिनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
छलफलमा उनीहरुले हेयर कटिङ्ग, टेलरिङ्ग, व्यूटिशीयन र इलोक्ट्रोनिक्स व्यवसाय सञ्चालनबारे तालिम दिन अनुरोध गरेका थिए । कार्यक्रममा नेपालगञ्जका युवा व्यवसायी सोम डेमनड्यौराले व्यवसाय गर्दा आइपर्ने कठिनाई तथा त्यसका आधारभूत कुराबारे जानकारी गराए । मंचले सन २०१६ देखि हालसम्म बाँकेका ८६ जना युवालाई तीन महिने सीप (भोकेशनल) तालिम प्रदान गरेको छ भने ८३ जनालाई पाँच दिने लघु उद्यम बिकास सीप प्रदान गरेको छ ।
भोकेशनल तालिममा सहभागि भएकामध्ये ५९ जनाले व्यवसाय गर्दै आएको बताइएको छ भने ८३ जनामध्ये ५० बढि बिभिन्न काममा सक्रीय भएको पाइएको जीविकोपार्जन अधिकृत बोहराले बताए । उनका अनुसार सन २०१९ मा ४० जना युवालाई सीप प्रदान गर्ने र ती मध्ये २२ जनालाई तीन महिने (भोकेशनल) तालिम तथा १८ जनालाई पाँच दिने लघु उद्यम विकास तालिम प्रदान गर्ने योजना रहेको छ ।

Next Post

३३ किलो सुनसहित भारतमा दुई नेपाली पक्राउ

२८ मंसिर २०७५, शुक्रबार १९:२५
सदरलाइनडटकम, काठमाण्डौ : ३३ किलो सुनसहित दुई नेपाली भारतको कोलकतामा पक्राउ परेका छन् । भारतीय प्रहरीले शुक्रवार दुई नेपालीसहित ३३ किलो सुन नियन्त्रणमा लिएको हो । भारतमा भेटिएको ३३ किलो सुन नेपालबाट हराएको सुन भएको हुनसक्ने आशंका गरिएको छ । पक्राउ पर्नेमा हेमप्रसाद शर्मा र राकेशप्रसाद रहेको गृहमन्त्रालयले जनाएको छ । […]