महागौरीको आराधना गरी बुधवार महाष्टमी मनाईंदै

३१ आश्विन २०७५, बुधबार १३:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : शारदीय नवरात्रिको आठौँ दिन बुधवार दुर्गा भगवतीकी आठौँ रूप महागौरी देवीको पूजा–आराधना गरिँदैछ । अघिल्लो दिन अर्थात् सप्तमीमा आराधना गरिने कालरात्रि देवीको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन् ।
शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ । साँढेमा बसेकी यिनले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छिन् । एक हातले अभय र अर्को हातले शान्त मुद्रा प्रदर्शन गरेकी छिन् । देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ ।
मध्यरातमा दशैँघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ आफ्ना परम्परामा ग्राह्य पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ । महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ । भैरवहरूको विशेष पूजा पनि यही दिन गरिन्छ ।
तान्त्रिक विधानअनुसार अस्त्रशस्त्रको पूजा गर्ने चलन पनि छ । नवरात्रका अन्य दिन नसक्नेले यो दिन दुर्गा सप्तशतीको पूरै पाठ गर्छन् । अष्टमीदेखि शक्तिपीठमा हुने घुइँचोसमेत बढ्छ । महाष्टमीका दिन नेपालगञ्जको बागेश्वरी मन्दिरसहित देशभरका देवी मन्दिरहरुमा भीड लागेको छ ।

Next Post

टिकट नपाउँदा नेपालगञ्ज विमानस्थलमा यात्रुहरु अलपत्र

३१ आश्विन २०७५, बुधबार १३:५१
सदरलाइनडटकम, नेपालगञ्ज : हवाई टिकट नपाउँदा यात्रुहरु नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका छन् । यात्रुको चाप अत्याधिक बढेकोले तुलनात्मकरुपमा जहाजको उडान न्यून रहेको हुदाँ यात्रुहरु अलपत्र परेका हुन् । जहाज कम्पनीले टिकट वितरण गर्दा पहुँचवालालाई मात्र प्राथमिकता दिने गरेको यात्रुको आरोप छ । कर्णालीको जुम्ला, मुगु तथा सुदूरपश्चिमको बाजुरामा सडक यातायात पुगे […]