नेपालगञ्जमा साईकल यात्रा

३ आश्विन २०७५, बुधबार १६:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : संविधान दिवसको अवसर पारेर नेपालगञ्जमा साइकल यात्रा गरिएको छ । नेपालगञ्ज साइक्लिङ क्लबको आयोजनामा बुधवार बिहान ७ बजे धम्बोझी चोकबाट शुरु भएको साइकल यात्राले नेपालगञ्ज नगर परिक्रमा गरेको हो ।
नातावाद, पार्टीवाद र पद प्रतिष्ठाभन्दा देशको संविधान तथा कानुनमाथि रहेकोले संविधान र कानुनभित्र रहनुपर्ने सन्देश दिन साईकल यात्रा गरिएको क्लबका सचिव गगन थापाले बताए । न्यायका लागि कसैले सडकमा उत्रनु नपरोस् र सबैलाई न्याय मिलोस् भन्ने उद्देश्यले संविधान दिवसका अवसरमा साइकल यात्रा आयोजना गरिएको नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ ।
साइकल यात्राले वातावरण संरक्षण र इन्धनको खपत कम गरी हरियाली शहर अभियानलाई समेत टेवा पुर्याउने क्लबले जनाएको छ ।


Next Post

खजुरामा यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)

३ आश्विन २०७५, बुधबार १६:४७
सदरलाइनडटकम खजुरा (बाँके) : संविधान जारी भएको तीन वर्ष पुरा भइसक्यो, अहिले कार्यान्वयनको चरणमा छ । स्थानीय, संघ र प्रदेशको निर्वाचनपछि अहिले संविधान कार्यान्वयनको चरणमा छ । संविधानका विषयमा केही विमत्तिहरु पनि देखिएका छन् । तर समावेशीता र सहभागितामूलक संविधान निर्माणपछि आम नागरिकले समृद्धिको चाहना गरिरहेका छन् । तर नागरिकहरुले […]