बीबीएसकी सर्वोत्कृष्ट छात्रा सम्मानित

१९ भाद्र २०७५, मंगलवार १७:२५
 

सदरलाइनडटकम,
कपिलबस्तु : बीबीएस चौथो वर्षको परीक्षामा ५ नं. प्रदेशकी सर्वोत्कृष्ट छात्रा सालिनी पाण्डेको सम्मान गरिएको छ । कपिलबस्तु बहुमुखी क्याम्पस तौलिहवामा अध्ययनरत छात्रा पाण्डेको सम्मान गरिएको हो ।
७८ दशमलव २० प्रतिशत अंक ल्याएर प्रदेशमै सर्वोत्कृष्ट भएकी उनलाई सम्मानस्वरुप अबीर लगाई खादा ओढाउनुका साथै तौलिहवा बजारको परिक्रमा गराइएको थियो । कार्यक्रममा पाडेयसँगै राम्रो नतीजा ल्याउने अन्य विद्यार्थीहरुको समेत सम्मान गरिएको थियो ।
विद्यार्थीहरुले मिहिनेत र लगनशिलताले उत्कृष्ट नतीजा ल्याउन सफल भएको क्याम्पस प्रमुख नवराज तिवारीले बताए । अन्य प्रदेशको तुलनामा कपिलबस्तु बहुमुखी क्याम्पसको नतिजा उत्कृष्ट रहेको भन्दै तिवारीले आगामी वर्षमा योभन्दा राम्रो नतीजा आउने दावी गरे ।
कपिलवस्तु नगरपालिकाका वडाध्यक्षद्वय सुदिप पौडेल र प्रकाश गैरेले प्रदेशकै नाम उच्च राख्न सफल छात्रा पाण्डेय तथा अन्य विद्यार्थीहरुलाई बधाईका साथै शुभकामना दिए ।

Next Post

रेडक्रस दिवसमा विविध कार्यक्रम

१९ भाद्र २०७५, मंगलवार १७:२५
सदरलाइनडटकम, नेपालगन्ज : “रेडक्रस सबै ठाँउमा सबैका लागि” भन्ने मुल नाराका साथ मंगलवार बाँकेमा पनि रेडक्रस दिवस मनाइएको छ । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँकेले विभिन्न कार्यक्रम गरेको छ । जुनियर रेडक्रस सर्कल आदर्श माध्यमिक विद्यालय नेपालगन्जको आतिथ्यतामा “जुनियर तथा युवा, विपदमा पुर्याउँछन् सेवा” विषयक जिल्ला स्तरीय चित्रकला प्रतियोगितासमेत गरिएको […]