सदरलाइनडटकम
१६ जेठ, खजुरा (बाँके) : सामुदायिक विद्यालयमा विद्यार्थी संख्या अत्यन्तै न्यून भएपछि स्थानीय तहले विद्यार्थी नभएका विद्यालयहरु धमाधम नजिकका विद्यालयलमा गाभ्न (मर्ज) गर्न सुरु गरेको छ । बाँकेको खजुरा गाउँपालिकाले नयाँ गौरीनगरको भानुदय प्राविलाई मर्ज गरेको जनाएको छ ।
कक्षा ५ सम्म सञ्चालनमा रहेको सो विद्यालयमा नयाँ शैक्षिक शत्रमा ४ जना मात्र विद्यार्थी भर्ना भएपछि ती विद्यालर्थीलाई खजुरा–२ को पशुपति प्राविमा भर्ना गरी विद्यालय मर्ज गरिएको गाउँपालिकाले जनाएको छ ।
मर्ज गरिएको सो विद्यालयमा शिक्षक दरबन्दीको संख्या पनि ४ नै रहेको छ । दुई जना स्थायी, एक जना करार र एक जना बालविकासका शिक्षक रहेको गाउँपालिकाका अध्यक्ष किश्मतकुमार कक्षपतिले बताए । उनले भने, ‘दुबै विद्यालयका व्यवस्थापन समितिबाट निर्णय गराएर मर्ज गरेका छौं । शिक्षकलाई भने आवश्यकता भएको ठाउँमा सरुवा गरिनेछ ।’
यसैबीच शिक्षा विकास तथा समन्वय ईकाई बाँकेका प्रमुख गोर्खबहादुर थापाले विद्यालय भर्ना अभियान भर्खरै सकिएको र सबै विद्यायलबाट भर्ना विवरण र विद्यार्थी संख्या माग भएको छ । विद्यार्थी संख्या नभएको विद्यालय मर्जको प्रकृयामा लगिने बताए ।