सदरलाइनडटकम
५ चैत, नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका बनाउनका लागि तयारी तिब्र पारिएको छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेविकाहरु दैनिक जसो घर–घरमा पुगेर बालबालिकाले खोप लिए, नलिएको अनुगमनसंगै तथ्याङ्क संकलन गदै खोप नलिएका बालबालिका फेला परे उनीहरुलाई खोप दिने गरिएको छ ।
सो गाउँपालिकालाई चैतभित्र पुर्णखोप गाउँपालिका घोषणा गर्ने तयारी भइरहेको छ । सोही तयारी अन्र्तगत चैत ७ गते रनियपुर, ९ गते सोनपुर, १३ गते उडरापुरका वडाहरुलाई पुर्ण खोप वडा घोषणा गरिदै छ । यसअघि राधापुर र सितापुर पुर्ण खोप वडा घोषणा भइसकेका छन् ।
खजुरा गाउँपालिका स्वास्थ्य उपसंयोजक लक्ष्मी केसी ओलीले अहिले जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्वयंसेविकाहरु तिब्ररुपमा कामको खटिएको बताइन । उनले भनिन्,‘अहिले हामीले घरदैलो अभियान सन्चालन गरेर अनुगमन गरिरहेका छौं ।’
Next Post
पसल थापेर बहिनी पढाउने रेहमुनाको सपना साकार हुँदै
५ चैत्र २०७४, सोमबार १८:०३
सम्बन्धित
-
२३ माघ २०८०, मंगलवार १७:४८
दुर्घटनामा मृत्यु भएका प्रहरीको परिवारलाई आर्थिक सहयोग
-
१ पुष २०७७, बुधबार १७:०४
पत्रकार डेकेन्द्रको हत्यामा संलग्न १६ वर्षपछि प्रक्राउ
-
४ कार्तिक २०७५, आईतवार १४:०५
भारतमा दिदीबहिनी र भाइसहित चार जनाले गरे आत्महत्या
-
१९ माघ २०७९, बिहीबार १४:२२
सिमसार दिवसका अवसरमा राप्तीमा १० वटा गोही छाडिए
-
२१ असार २०७९, मंगलवार १६:२०
राप्तीसोनारीको विनियोजन र आर्थिक विधेयक सर्वसम्मत पारित
-
२० बैशाख २०७५, बिहीबार १७:५३
बाँकेको खजुरा–१ मा वडास्तरीय बालक्लब सञ्जाल