समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि संरक्षण सम्बन्धी प्रशिक्षण सम्पन्न

सदरलाइन संवाददाता २९ भाद्र २०८३, सोमबार १९:३०
 
समाचार सारांश
Generated Using AI
  • मधुवन नगरपालिकामा सुरक्षित भविष्य परियोजनाअन्तर्गत समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणसम्बन्धी तीनदिने प्रशिक्षण तथा अभिमुखीकरण सम्पन्न भएको छ।
  • प्रशिक्षणमा बालअधिकार, बालविवाह, हिंसा, लागूऔषध दुरुपयोग, मानव बेचबिखन, घटना पहिचान, रिपोर्टिङ, रेफरल तथा फलोअपबारे छलफल गरिएको थियो।
  • सहभागीहरूले बाल संरक्षणका घटना न्यूनीकरण गर्दै समुदायस्तरमा संयुक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बर्दिया : सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा ‘समुदायमा आधारित बालसंरक्षण संयन्त्रको कार्यान्वयन तथा सुदृढीकरण’ विषयक तीनदिने प्रशिक्षण तथा अभिमुखीकरण सम्पन्न भएको छ ।

बाँके युनेस्को क्लबद्वारा सञ्चालित सो कार्यक्रममा स्थानीय सरकार, पालिकास्तरीय बालअधिकार समिति, वडा बालअधिकार समिति, नेपाल प्रहरी, बाल क्लब, एलुम्नी क्लब, धार्मिक तथा सामुदायिक अगुवा, युवा समूह, आमा समूह, बडघर सञ्जाल र धार्मिक सञ्जाल लगायत विभिन्न समुदायमा आधारित संरचनाका ठाकुरबाबा, मधुबन र बारबर्दिया नगरपालिका ३० जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा बालअधिकार तथा संरक्षण, जोखिममा रहेका बालबालिकाको पहिचान, बालविवाह, हिंसा, दुव्र्यवहार, शोषण, लागूऔषध दुरुपयोग, मानव बेचबिखन, घटना पहिचान, अभिलेखीकरण, रिपोर्टिङ, रेफरल तथा फलोअपलगायत विषयमा छलफल गरिएको थियो ।

सो कार्यक्रममा केशव कोइरालाले सहजिकरण गरेको सुरक्षित भविष्य परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले परियोजना तथा प्रशिक्षणका उद्देश्य, सहभागीमूलक अभ्यास र सिआरसी तथा समुदायमा आधारित बाल संरक्षण संयन्त्रको भूमिका तथा जिम्मेवारी सम्बन्धी सत्र सहजीकरण गरेका थिए ।

उनले सिआरसी तथा समुदायमा आधारित बाल संरक्षण संरचना औपचारिक समितिमा मात्र सीमित नभई जोखिम पहिचान, तत्काल प्रतिक्रिया, रेफरल र फलोअप गर्न सक्ने सक्रिय तथा जवाफदेही संयन्त्रका रूपमा विकास हुनुपर्ने बताए ।

बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले सकारात्मक सोच, सहकार्य र समन्वय सम्बन्धी सत्र सहजीकरण गर्दै बालविवाह, लागूऔषध दुरुपयोग तथा अन्य हानिकारक अभ्यासविरुद्धको अभियान सफल बनाउन समुदायका सबै पक्षको निरन्तर सामूहिक प्रयास आवश्यक रहेको बताए ।

समापन समारोहका प्रमुख अतिथि मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले बाल संरक्षणका सवालमा स्थानीय सरकार तथा समुदायमा आधारित संयन्त्र अझ सक्रिय र जिम्मेवार बन्नुपर्ने बताउदै महिला तथा बालबालिका शाखा बालबालिकाहरूको संरक्षणका लागि चाहिँ स्थानीय बेरोजगार समिति नै बढी जिम्मेवार रहेकोले बालबालिका र युवाहरुसँग सम्बन्धित कार्यक्रमहरु डिजाइन गरी कार्यक्रम सञ्चालन गर्नका लागि विभिन्न साझेदार संस्थासँग सहकार्य गर्ने र कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

त्यसैगरी नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक रामलाल चौधरी र रोशनबहादुर पुनले बालविवाह लागु पदार्थ दुव्र्येसनी र मानव बेचबिखन सम्बन्धी कार्यहरू स्थानीय सरकार र विकास साझेदार संस्थाहरूसँग मिलेर काम गर्ने बालविवाह गर्नेलाई कानुनी कारबाही गर्न चाहिँ सर्वपक्ष सहयोग र सहकार्य गर्ने स्थानीय जनप्रतिनिधि तथा स्थानीय स्तरमा व्यवहारिक रुपमा मिलाइने जस्ता घटनालाई कानुनी प्रक्रिया अनुसार अगाडि बढाउनुपर्ने मा जोड दिएका थिए ।

त्यसैगरी ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजा चौधरीले बालबालिकाको संरक्षणबाट बचाउनको लागि सर्वपक्षीय साझा अभियानको रुपमा अगाडि बढाउनुपर्नेमा प्रष्ट पारे ।
त्यसैगरी बारबर्दिया नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष रामफेरन थारुका अनुसार बालविवाह मुक्त वडा घोषणा पश्चात पनि विभिन्न सचेतनाका कार्यक्रमहरु अनुगमन लाई निरन्तरता दिनुपर्ने जानकारी गराए ।

कार्यक्रमबाट सहभागीहरूले बाल संरक्षणका घटनाको पहिचान, रिपोर्टिङ, रेफरल तथा फलोअपलाई प्रभावकारी बनाउँदै बालविवाह, हिंसा, लागूऔषध दुरुपयोग र अन्य हानिकारक अभ्यासविरुद्ध समुदायस्तरमा संयुक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बालबालिकाको सुरक्षा केवल एउटा संस्था वा निकायको जिम्मेवारी होइन; सुरक्षित, सम्मानित र उज्ज्वल भविष्य निर्माणका लागि परिवार, समुदाय, स्थानीय सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धता र निरन्तर सहकार्य आवश्यक छ । होइन; सुरक्षित, सम्मानित र उज्ज्वल भविष्य निर्माणका लागि परिवार, समुदाय, स्थानीय सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धता र निरन्तर सहकार्य आवश्यक छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका जडिबुटी व्यवसायी मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा

२९ भाद्र २०८३, सोमबार १९:३०
समाचार सारांश Generated Using AI मधुवन नगरपालिकामा सुरक्षित भविष्य परियोजनाअन्तर्गत समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणसम्बन्धी तीनदिने प्रशिक्षण तथा अभिमुखीकरण सम्पन्न भएको छ।प्रशिक्षणमा बालअधिकार, बालविवाह, हिंसा, लागूऔषध दुरुपयोग, मानव बेचबिखन, घटना पहिचान, रिपोर्टिङ, रेफरल तथा फलोअपबारे छलफल गरिएको थियो।सहभागीहरूले बाल संरक्षणका घटना न्यूनीकरण गर्दै समुदायस्तरमा संयुक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका […]