बर्दिया जिल्ला प्रशासनलाई खोज तथा उद्धार तथा सर्पदंश उद्धार सामग्री हस्तान्तरण

सदरलाइन संवाददाता ३ आश्विन २०८३, शनिबार ०९:२६
 
समाचार सारांश
Generated Using AI
  • बर्दियामा विपद्का समयमा खोज तथा उद्धार र सर्पदंश उद्धारका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।
  • प्रयास–२ परियोजनाअन्तर्गत बी ग्रुपले ७ लाख २५ हजार ५ सय ६१ रुपैयाँ बराबरका सामग्री जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको हो।
  • सामग्रीले जिल्लाको विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बर्दिया : जिल्ला प्रशासन कार्यालय, बर्दिया तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बर्दियालाई विपदको बेलामा खोज तथा उद्धार एवं सर्पदंश उद्धारका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल र बी ग्रुपको सहकार्यमा बर्दिया जिल्लामा सञ्चालित प्रयास–२ परियोजना अन्तर्गत बी ग्रुपका अध्यक्ष इन्द्र भण्डारीले ७ लाख २५ हजार ५ सय ६१ बराबरका खोज तथा उद्धार तथा सर्पदंश उद्धारसम्बन्धी सामग्रीहरू जिल्ला प्रशासन कार्यालय, बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीलाई हस्तान्तरण गरेका हुन ।

सो अवसरमा निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले विपद्का समयमा तत्काल खोज तथा उद्धार कार्य सञ्चालन गर्न यस्ता सामग्री महत्वपूर्ण हुने बताए । उनले सर्पदंश लगायतका आपतकालीन घटनामा आवश्यक पर्ने सामग्री उपलब्ध गराएकोमा प्लान इन्टरनेशनल नेपाल र बी ग्रुपलाई धन्यवाद व्यक्त गरे ।

उनले उपलब्ध सामग्रीको उचित संरक्षण र प्रभावकारी प्रयोगले जिल्लाको विपद् प्रतिकार्य क्षमता थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रयास–२ परियोजनाले विपद् पूर्वतयारी, पूर्वकार्य, खोज तथा उद्धार क्षमता अभिवृद्धि तथा स्थानीय तहको विपद् प्रतिकार्य प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधान कार्यान्वयनबाटै निकास : मुख्यमन्त्री आचार्य

३ आश्विन २०८३, शनिबार ०९:२६
समाचार सारांश Generated Using AI बर्दियामा विपद्का समयमा खोज तथा उद्धार र सर्पदंश उद्धारका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।प्रयास–२ परियोजनाअन्तर्गत बी ग्रुपले ७ लाख २५ हजार ५ सय ६१ रुपैयाँ बराबरका सामग्री जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको हो।सामग्रीले जिल्लाको विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। […]