समाचार सारांश
- प्याब्सन बाँकेले भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँभन्दा बढी सहयोग संकलन गरेको छ।
- जिल्लाभरका प्याब्सन आबद्ध विद्यालयले स्वस्फूर्त रूपमा संकलन गरेको रकम एकीकृत गरी प्याब्सन केन्द्रमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने भएको छ।
- विद्यालयहरूलाई राहत संकलनका लागि आह्वान गरी विपद्मा परेका परिवारलाई सहयोग गर्ने उद्देश्य राखिएको प्याब्सन बाँकेले जनाएको छ।

नेपालगञ्ज : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ भन्दा बढी सहयोग रकम पठाउने तयारी गरेको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले प्याब्सन बाँकेमा आबद्ध जिल्लाभरका विद्यालयबाट संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न लागिएको प्याब्सन बाँकेले जनाएको छ ।
प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले जिल्लामा संकलन गरिएको रकम प्याब्सन केन्द्रमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जानकारी दिए । उनका अनुसार जिल्लाका प्याब्सन आबद्ध विद्यालयहरूले स्वस्फूर्त रूपमा संकलन गरेको राहत रकम एकीकृत गरी केन्द्रमार्फत कोषमा पठाउन लागिएको हो ।
बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित परिवारको राहत तथा पुनःस्थापनामा आफ्नो क्षेत्रबाट सहयोग पु¥याउने उद्देश्यले विद्यालयहरूलाई सहयोग संकलनका लागि आह्वान गरिएको प्याब्सन बाँकेका कोषाध्यक्ष प्रविण गिरीले जानकारी दिए ।


