नेपालगञ्जका जडिबुटी व्यवसायी मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा

सदरलाइन संवाददाता ३० भाद्र २०८३, मंगलवार १९:२७
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्ज–४ का व्यवसायी तथा राजनीतिज्ञ मोहम्मद रहिस हल्वाई जसपा नेपाल छाडेर श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन्।
  • नेपाल जडिबुटी व्यवसायी संघका पूर्व महासचिव हल्वाईले ‘श्रमदाता सहयोगी सदस्य’का रूपमा सदस्यता लिएका हुन्।
  • श्रम, उत्पादन र आत्मनिर्भरतालाई प्राथमिकता दिएको अभियानबाट समाज र देश निर्माणमा योगदान गर्ने उनले बताए।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : लामो समयदेखि व्यवसाय र राजनीतिमा सक्रिय नेपालगञ्ज–४ का मोहम्मद रहिस हल्वाई जनता समाजवादी पार्टी (जसपा) नेपाल छाडेर श्रम संस्कृति पार्टी तिर लागेका छन् ।

नेपाल जडिबुटी व्यवसायी संघका पूर्व महासचिव समेत रहेका हल्वाईले श्रम संस्कृति पार्टीको ‘श्रमदाता सहयोगी सदस्य’ का रूपमा सदस्यता लिएका हुन् । उनलाई पार्टीका संगठन प्रमुख राजन राना मगरले सदस्यता प्रदान गरेको जनाएका छन् ।

हल्वाईले श्रम, उत्पादन र आत्मनिर्भरतालाई प्राथमिकता दिएको अभियानमा आफू पनि जोडिन चाहेकाले श्रम संस्कृति पार्टीमा आबद्ध भएको बताए ।

‘राजनीतिलाई जनताको जीवनसँग जोड्नुपर्छ भन्ने मान्यताले मलाई श्रम संस्कृति पार्टीतर्फ आकर्षित गरेको हो,’ उनले भने, ‘अब श्रम र उत्पादनमार्फत समाज र देश निर्माण गर्ने अभियानमा सक्रिय भएर लाग्नेछु ।’

हर्कराज साम्पाङ राईको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले श्रम र उत्पादनलाई राजनीतिको आधार बनाउँदै आएको छ । पार्टीले पछिल्लो समय संगठन विस्तार र सदस्यता अभियानलाई अघि बढाइरहेको जनाएको छ । ‘पार्टीको विचार र अभियानप्रति आकर्षित भएर विभिन्न क्षेत्रका व्यक्तिहरू जोडिने क्रम जारी छ,’ उनले भने, ‘बाँकेमा पनि संगठनलाई थप विस्तार गर्दै लैजानेछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्र प्रहरीद्वारा बाँकेमा ४३ हजार ट्रामाडोल क्याप्सुल बरामद

३० भाद्र २०८३, मंगलवार १९:२७
समाचार सारांश Generated Using AI नेपालगञ्ज–४ का व्यवसायी तथा राजनीतिज्ञ मोहम्मद रहिस हल्वाई जसपा नेपाल छाडेर श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन्।नेपाल जडिबुटी व्यवसायी संघका पूर्व महासचिव हल्वाईले ‘श्रमदाता सहयोगी सदस्य’का रूपमा सदस्यता लिएका हुन्।श्रम, उत्पादन र आत्मनिर्भरतालाई प्राथमिकता दिएको अभियानबाट समाज र देश निर्माणमा योगदान गर्ने उनले बताए। यो […]