भोटेकोशी बाढीमा परि पाँच हजारभन्दा बढी अझै बेपत्ता

सदरलाइन संवाददाता २३ भाद्र २०८३, मंगलवार १९:०६
 
समाचार सारांश
Generated Using AI
  • भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हालसम्म १ हजार ३५७ जनाको शव फेला परेको छ भने ५ हजार ३२६ जना अझै सम्पर्कविहीन छन्।
  • हालसम्म १३ हजार ५८३ जनाको उद्धार र ६ हजार ८२७ घाइतेको उपचार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
  • उद्धार तथा राहतका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ राहत दिइएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज  : भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मानवीय क्षतिको विवरण बढ्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि हालसम्म एक हजार ३ सय ५७ जनाको शव फेला परेको छ भने पाँच हजार ३ सय २६ जना अझै सम्पर्कविहीन छन् ।

सम्पर्कविहीनमध्ये रसुवाका दुई हजार ८ सय ६०, नुवाकोटका एक हजार ९ सय ८१ नेपाली तथा करिब ५ सय ८७ विदेशी पर्यटक रहेको प्राधिकरणले जनाएको छ । फेला परेका शवमध्ये १ सय २ जनाको सनाखत भई परिवारलाई बुझाइएको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ । प्राधिकरणका अनुसार हालसम्म १३ हजार ५ सय ८३ जनाको उद्धार गरिएको छ भने बाढीबाट घाइते भएका छ हजार ८ सय २७ जनाको उपचार गरिएको छ ।

उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका २१ हजार ४ सय २ सुरक्षाकर्मी परिचालन भएका छन् । प्रभावित क्षेत्रमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरी तीन हजार ५ सय ३३ जनालाई राखिएको छ ।

उद्धार कार्यका लागि सुरक्षाकर्मी तथा निजी क्षेत्रबाट हेलिकप्टरसमेत परिचालन गरिएको छ । सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ भने प्रभावित १५ पालिकालाई थप १३ करोड ५० लाख रुपैयाँ राहत उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक वस्तुको आपूर्ति कायम राख्न डिजेल, पेट्रोल तथा हवाई इन्धनको मौज्दात राखिएको छ । विद्युत् सेवा पनि क्रमशः पुनःस्थापित हुँदै गएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

बाढीपछि प्रभावित नागरिकमा परेको मानसिक असरलाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमार्फत १ सय ५० जनाभन्दा बढी स्वास्थ्य जनशक्ति परिचालन गरी मनोसामाजिक परामर्श सेवा प्रदान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका कारगार र बलसुधार गृहबाट फरार १६९ कैदीबन्दी अझै आएनन् सम्पर्कमा

२३ भाद्र २०८३, मंगलवार १९:०६
समाचार सारांश Generated Using AI भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हालसम्म १ हजार ३५७ जनाको शव फेला परेको छ भने ५ हजार ३२६ जना अझै सम्पर्कविहीन छन्।हालसम्म १३ हजार ५८३ जनाको उद्धार र ६ हजार ८२७ घाइतेको उपचार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।उद्धार तथा राहतका लागि […]

सम्बन्धित