समाचार सारांश
Generated Using AI
- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नियुक्त भएको करिब ६ महिनामै प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा दिएकी छन्।
- प्रतिनिधिसभाको उद्योग समितिमा ग्यास अभावबारे उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति दिएपछि निजी क्षेत्र असन्तुष्ट बनेको थियो।
- नेपाल उद्योग वाणिज्य महासंघ र ग्यास उद्योगीहरूले प्रमाण दिन वा माफी माग्न दबाब दिएपछि उनको राजीनामा आएको हो।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ६ महिना नपग्दै पदबाट राजीनामा दिनुपरेको छ । उनले बिहीबार दिउँसो प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।
बुधबार प्रतिनिधिसभाको उद्योग समितिको बैठकमा दिएको अभिव्यक्ति नै यादवको मन्त्री पद जानुको मुख्य कारण बनेको छ । यादवले ‘उद्योगीहरूलाई पाता नफर्काएसम्म खाना पकाउने ग्याँसको अभाव टर्दैन’ भनेकी थिइन् । उनको अभिव्यक्तिलाई लिएर निजी क्षेत्र आन्दोलित बन्न पुगेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल ग्याँस उद्योग संघलगायतले मन्त्री यादवले कि त प्रमाण दिनुपर्ने, नभए माफी माग्नुपर्ने अडान लिएका थिए । यादव गत चैतमा उद्योग मन्त्री नियुक्त भएकी थिइन् । ६ महिनामै उनको पद गुमेको छ ।


